१६ जेष्ठ २०८३ शनिबार
image/svg+xml
कला/साहित्य

‘ज्यूज्यू सोल्टी’ मा करुनासँग रोमान्टिक देखिए हमाल

गायिका तथा मोडल करुना राईको स्वर तथा अभिनयमा तयार भएको ‘ज्यूज्यू सोल्टी’ बोलको गीतको भिडियो रिलिज भएको छ। काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै रोमान्टिक शैलीको यो गीत सार्वजनिक गरिएको हो।

राजकुमार बगर र करुना राईको स्वर, हरि सापकोटाको शब्द र शंकर बराइलीको संगीत रहेको यो गीतको भिडियोमा महानायक राजेश हमाल र करुना राईको मोडलिङ छ। पूर्वेली भाकामा तयार भएको गीतको भिडियोलाई देवेन्द्र पाण्डेले निर्देशन गरेका हुन्। भिडियोको कोरियोग्राफी पनि उनी आफैँले गरेका हुन्।

रामकृष्ण चौलागाईको छायांकन रहेको भिडियोमा विकास दाहालको सम्पादन छ। गीत सार्वजनिक कार्यक्रममा गायिका करुना राईको जन्मदिन समेत सेलिव्रेशन गरिएको थियो। राजेश हमालको साथमा विशेष अतिथिको रूपमा पुगेका धिरेन शाक्यले करुनालाई शुभकामना दिए।

नायक हमालले म्युजिक भिडियो र फिल्म दुवै कलाको पाटो भएको भन्दै कलाकारहरूले हरेक प्रकारका काम गर्न सक्नुपर्ने बताए। गायिका करुना राईले राजेश हमालसँग पाँचौ पटक भिडियोमा सहकार्य गर्न पाउनु आफ्ना लागि भाग्यको कुरा भएको सुनाइन्। यस्तै नायक धिरेन शाक्यले राजेश हमाल र करुना राईको जोडी निकै राम्रो देखिएको भन्दै गीतको प्रशंसा गरे। 

प्रकाशित: १८ वैशाख २०८३ १३:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App