४ माघ २०८२ आइतबार
image/svg+xml
कला/संस्कृति

लघुकथाकारद्वय लता केसीकाे ‘पाहुर’ र महेन्द्र नेउपानेकाे ‘चन्द्रविनोद’ काे लाेकार्पण

‘हाम्रो लघुकथा केन्द्र, नेपाल’ ले लघुकथाकार लता केसीकाे ‘पाहुर’ र महेन्द्र नेउपानेकाे ‘चन्द्रविनोद’ लघुकथासङ्ग्रहको लाेकार्पण गरेकाे छ।

हाम्रो लघुकथा केन्द्रका अध्यक्ष लता केसीको सभाध्यक्षता र लघुकथाका सारथि वरिष्ठ साहित्यकार श्रीओम श्रेष्ठ राेदनको प्रमुख आतिथ्यमा भएकाे कार्यक्रममा साहित्यकार राेदनले कृतिकाे लाेकार्पण गरेका हुन्।

संस्थाका सहसचिव मीना पौडेल विमुन्सले सञ्चालन गरेकाे कार्यक्रममा ध्रुव मधिकर्मी, गंगा कर्माचार्य पौडेल, केदार नेउपाने  र माधव नेउपानेकाे आतिथ्य रहेकाे थियाे।

लघुकथा गान बजाएर सुरु गरिएको कार्यक्रममा संस्थाका सदस्य वन्दना घिमिरेले स्वागत मन्तव्य प्रस्तुत गरेकी थिइन्।

संस्थाका सदस्य मिसु श्रेष्ठले पाहुर लघुकथासङ्ग्रहकाे जुक्ति लघुकथा वाचन तथा स्रष्टा केसीको परिचय प्रस्तुत गरेकी थिइन्। लघुकथाकार सत्या अधिकारीले स्वप्नलोक लघुकथा वाचन गरेकी थिइन्।

कार्यक्रममा मिना पौडेल विमुन्सले महेन्द्र नेउपानेको परिचय प्रस्तुत गरेर उठान लघुकथा वाचन गरेकी थिइन्।

अर्को कृति चन्द्रविनोद लघुकथासङ्ग्रहबाट कृतिकारकी छोरी डा. मन्जिला नेउपानेले रुन्चे हाँसो लघुकथा वाचन गरेकी थिइन्।

कार्यक्रम सफल बनाउन सहयोग गर्ने व्यक्तिहरूलाई आयोजकले संस्थाको लोगो र कृतिका आवरण चिन्ह्र अङ्कित कप मायाको चिनोस्वरूप प्रदान गरिएको थियो।

कार्यक्रमका वक्ताहरूले लघुकथाको उन्नयनमा केन्द्रको भूमिका उल्लेख गर्दै लघुकथाकारद्वयलाई बधाई तथा शुभकामना व्यक्त गरेका थिए।

रोयल इभेण्टस् एण्ड बैन्क्युट तीनकुनेमा भएको कार्यक्रममा कार्यक्रमकाे सभाध्यक्ष केसीले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गरेर कार्यक्रमको समापन गरिएको थियो।

प्रकाशित: ३१ चैत्र २०८१ ०९:५५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App