१० पुस २०८२ बिहीबार
image/svg+xml
कला/संस्कृति

‘माया के हो?’ मा आकाश र उगेन

गायक सुरेश लामा र गायिका त्रिशाला गुरुङको स्वर रहेको गीत ‘माया के हो?’ सार्वजनिक गरिएको छ। काठमाडौँ जमलमा रहेको विश्वज्योति सिनेप्लेक्समा आयोजना गरिएको कार्यक्रममा गीतका सङ्गीतकार अर्जुन पोखरेल, निकेश खड्का, अभिनेता आकाश श्रेष्ठ, अभिनेत्री उगेन छोदेन उपस्थित थिए। प्रेम राजा अधिकारीको शब्द रहेको गीतको भिडिओलाई कुलेखानीको मनोरम दृश्यमा छायांकन गरिएको छ। निर्देशक खड्काले गीतको भावअनुसार नै भिडिओ तयार गरेको बताए।

‘यो गीत सुन्दा नै गुनगुनाइरहने किसिमको बनेको छ। गीतमा व्यक्त भएको प्रेम भाव भिडिओमा देखाउने कोसिस गरेको छु। दर्शकलाई एउटा फ्रेश केमेस्ट्री पनि हुनेछ’, उनले भने।

सङ्गीतकार पोखरेलले यस गीतले पछिल्लो समय देखिएको रोमान्टिक गीतसङ्गीतको कमी पूरा गर्ने बताए।

‘पछिल्लो समय सामाजिक विषयवस्तुका फिल्म बढी बनिरहेको सन्दर्भमा कम रोमान्टिक गीत कम सुनिन थालेको छ। रोमान्टिक गीतको प्रतीक्षामा रहेका दर्शकलाई यसले तृप्त बनाउँछ जस्तो लागेको छ। गीतको अडियोझैँ भिडियो पनि रोमान्टिक बनेको छ’, उनले भने।

अभिनेता श्रेष्ठले आफूले केही समयको अन्तरालमा भिडिओमा काम गरेको बताए। ‘म अहिले मेरो व्यावसायिक कामसँगै फिल्मकै कारण भिडिओमा पनि कम देखिएको छु। यो गीत सुन्दा मनपर्यो साथै यसलाई भिडिओ बनाउने टिमसँग म पहिलेदेखि काम गरिरहेकोले यो सहकार्य सम्भव भएको हो। मेरो बीचको केही ग्यापलाई यो गीतले न्याय गर्छ जस्तो लागेको छ’, अभिनेता श्रेष्ठले भने।

अभिनेत्री छोदेनले फिल्मपछि गीतमा काम गर्दा छुटै अनुभव सँगालेको बताइन्। उनले ‘दुई नम्बरी’ फिल्मपछि भिडिओमा काम गरेकी हुन्। उनले अभिनेता श्रेष्ठ, निर्देशक खड्का लगायतले आफूलाई सहज बनाएको बताइन्।

‘मैले सहजताका साथ काम गरें। यो टिम निकै सरल र सहयोगी छन्। म फिल्मपछि गीतमा देखिन पाउँदा उत्साहित छु, म नेपाली फिल्म र गीतसङगीतमा काम गर्न सधै तयार छु। मैले नेपालबाट पाइरहेको माया अमूल्य छ, म कृतज्ञ छु’, उनले भनिन्।

ङागस्तो  दोर्जी योञ्जनले निर्माण गरेको सार्वजनिक भिडिओमा हरी हुमागाईंको छायांकन, सुवास तिमल्सेनाको शृंगार, कुसुम बुटिकको ड्रेस, विकास धमलाको सम्पादन रहेको छ। भिडिओ ङागस्तोकै युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ।

प्रकाशित: २७ चैत्र २०८१ १३:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App