२७ चैत्र २०८१ बुधबार
image/svg+xml १२:५६ अपराह्न
कला/संस्कृति

जहाँ खोज्दा नि जिन्दगी भेटाउन सकिन!

गीत

जहाँ खोज्दा नि जिन्दगी भेटाउन सकिन,

मनको रहर मैले कहीं मेटाउन सकिन।

घाममा नि खोजे ताराहरूमा खोजें,

नदीको धारमा र किनारहरूमा खोजें।

उपहास पाए काहीं सन्ताप पाए काहीं,

सहनै नसक्ने चिसो र राप पाए काही।

कमजोर सिसा जस्तै जिन्दगी टुटिरहेछ,

जति नै बाँधु बाँध यसै यो फुटिरहेछ।

कालो बादलमा नै चाँदनीको घेरा हुन्छ,

भन्छन् तर यो भेट्न लाग्छ अबेला हुन्छ।

प्रकाशित: २१ चैत्र २०८१ ११:१० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App