१९ चैत्र २०८२ बिहीबार
image/svg+xml
कला/संस्कृति

मुक्तककार सरस्वती घिमिरेकाे एकल वाचन

स्रष्टा सरस्वती घिमिरेको एकल मुक्तक वाचन कार्यक्रम भएकाे छ। बन्धु फिल्मस प्रालिको आयोजनामा चलचित्र विकास बोर्ड नेपालमा आयोजित सो एकल मुक्तक वाचन कार्यक्रममा घिमिरेले आफ्ना बीस मुक्तक वाचन गरेकी थिइन्।

नेपाल कलाकार संघका अध्यक्ष मोहन निरौलाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा कवि घिमिरेलाई साहित्य सिर्जनामा योगदान गरेवापत नगद दस हजार राशिसहित कदरपत्र प्रदान गरिएको थियो।

कार्यक्रममा प्रमुख अतिथि मोहन निरौला, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका पूर्व अध्यक्ष राधेश्याम लेकाली, वरिष्ठ साहित्यकार खेमनाथ दाहाल, कलाकार उत्तम केसी, गीतकार मिलन पोखरेल, वरिष्ठ कलाकार लय सङ्ग्रौला, साहित्यकार रमेश शुभेच्छुक लगायतले आआफ्नो शुभकामना दिएका थिए।

दुई दशकदेखि साहित्य सिर्जनामा लागेकी घिमिरेले केही चलचित्रमा समेत अभिनय गरेकी छन्। घिमिरेका रोकिएका पाईला (गद्यकवितासङ्ग्रह), शोकाञ्जली शोककाव्य, गहिरो घाउलाई अक्षरको मलम, प्रहार, भावनाका थुङ्गा जस्ता कृति प्रकाशित छन्। घिमिरे चलचित्र विकास बोर्ड नेपालको महिला चलचित्रकर्मी सशक्तीकरण समितिको सदस्य हुन्।

प्रकाशित: २२ फाल्गुन २०८१ ०९:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App