३ चैत्र २०८१ आइतबार
image/svg+xml १:२३ पूर्वाह्न
कला/संस्कृति

सर्जकको दृष्टिमा बाँस साहित्यिक कार्यक्रम

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाकाे दिक्तेल बोर्डिङ स्कुलमा सर्जकको दृष्टिमा बाँस शीर्षकको साहित्यिक कार्यक्रम भएको छ।

दिक्तेल रुपकोट मझुवागढी नगरपालिकाको आयोजना र राष्ट्रिय वाङमय कला प्रतिष्ठानको संयाेजनमा साहित्यकार एवम् प्रतिष्ठानका अध्यक्ष विष्णु आभूषणकाे अध्यक्षता र  नगरपालिका प्रमुख तीर्थराज भट्टराई प्रमुख आतिथ्यमा कार्यक्रम भएकाे थियाे।

प्रथम बाँस सम्मेलन २०८१ को उपलक्ष्यमा आयोजित सो साहित्यिक कार्यक्रममा डा. हिमलाल श्रेष्ठ, डा. छायादत्त न्यौपाने, खेमसारु, ठाँटीको घामका सर्जक टंक भट्टराई, टेम्के तुवाचुङ प्रतिष्ठानका अध्यक्ष भोगेन एक्ले, खोटाङ कलाकार समाजका अध्यक्ष रुपकुमार राई अतिथिको रूपमा रहेका थिए।

राष्ट्रिय वाङ्मय कला प्रतिष्ठानका महासचिव जेपी फिरन्तेले सञ्चालन गरेकाे सो कार्यक्रममा डा. हिमलाल श्रेष्ठ बाँस साहित्यबारे कार्यपत्र प्रस्तुत गरेका थिए। उनले पर्यावरणीय साहित्य अहिले साहित्य आकाशमा सशक्त विषय बनेर आएको छ भन्ने प्रसङ्ग उल्लेख गरेका थिए।

त्यस्तै गरी डा. छायादत्त न्यौपानेले आफ्नो प्रकाशित कृति ‘बाँसै बाँस’ को चर्चा गर्नुका साथै बाँस सम्मेलन, बाँस साहित्य र स्थानीय सरकारको पहल कदमीबारे प्रकाश पारेका थिए।

 उक्त कार्यक्रममा चित्र सुवेदीले बाँसलाई बिम्ब बनाएर लेखेको आफ्नो कविता सुनाउँदै कार्यक्रममा उपस्थित सम्पूर्ण साहित्यकार, साहित्यानुरागी, दर्शक तथा सांगीतिक कलाकारहरूलाई स्वागत गरेका थिए।

साथै कार्यक्रममा बाँस विषयक राजहरि राई, ओमप्रकाश घिमिरे, धनचन्द्र राई, तारानाथ फुयाल, टिका घिमिरे, कृष्ण बुढाथोकी, भीम राई माक्पाली, इन्द्र नाराथुङे लगायत दर्जनौ कविले बाँससम्बन्धी कविता वाचन गरेका थिए।

उपस्थित अतिथिहरूले बाँस साहित्यको सम्बन्धमा आफ्ना भनाइ राखेका थिए। साथै कवि कुमार काफ्लेले पठाएको ‘बाँसको महिमा’ शीर्षकको कविता समेत वाचन गरिएको थियाे।

कार्यक्रमको बीच बीचमा सांगितिक प्रस्तुति समेत समावेश गरिएको थियाे। कलाकार रुपकुमार राईले ‘पहराकी फूल’ बोलको आफ्नो गीत प्रस्तुत गरेका थिए। साथै स्थानीय कलाकारको समूहले बाँसको बारेमा हालै तयार पारिएको गीत प्रस्तुत गरेका थिए।

कार्यक्रमको समापन गर्दै साहित्यकार विष्णु आभूषणले खोटाङको दिक्तेलमा प्रथम राष्ट्रिय बाँस सम्मेलन हुनु एउटा गर्वको विषय भएको र सो सम्मेलन आयोजना गर्ने नगरपालिका परिवार तथा नगर प्रमुख  तीर्थराज भट्टराईको सराहना गरे। सोही सम्मेलनको दौरान बाँसै बाँसको राजधानी दिक्तेल, खोटाङ मा बाँस विषयक कार्यक्रम गर्न पाउनु अत्यन्त सुन्दर पक्ष भएको उद्घोष गरेका थिए।

अब यसैगरी अन्य पर्यावरणीय विषयमा आधारित साहित्यिक कार्यक्रम गर्ने क्रममा वाङमय परिवार सक्रिय रहने संकल्प गरेका थिए।

प्रकाशित: २१ फाल्गुन २०८१ ०८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App