३ चैत्र २०८१ आइतबार
image/svg+xml २१:२९ अपराह्न
कला

होलीलाई छपरीको पर्व भनेपछि विवादमा फराह खान, एफआईआर दर्ता

बलिउड चलचित्र निर्माता फराह खानले होलीलाई ‘छपरीहरूको पर्व’ भनेपछि विवादमा आएकी छिन्। यो बयान फेब्रुअरी २० मा टेलिभिजन कार्यक्रम सेलिब्रेटी मास्टरशेफको एक एपिसोडमा दिइएको थियो, जसले ठूलो विवाद निम्त्याएको छ। 

हिन्दुस्तानी भाउ नामले चिनिने विकास पाठकले फराहको यो टिप्पणीले हिन्दू समुदायको धार्मिक भावनामा चोट पुर्‍याएको आरोप लगाउँदै खार प्रहरी स्टेशनमा उजुरी दर्ता गरेका छन्। 

उजुरीमा फराहविरुद्ध भारतीय दण्ड संहिताको विभिन्न धारा अन्तर्गत कारबाहीको माग गरिएको छ। हिन्दुस्तानी भाउले आफ्ना वकिल अली काशिफ खान देशमुखमार्फत दायर गरेको उजुरीमा ‘छपरी’ शब्दलाई अपमानजनक र जातिवादी भएको दाबी गरिएको छ। 

उनले फराहको बयानले साम्प्रदायिक तनाव बढाउन सक्ने भन्दै कानुनी कदम चाल्न प्रहरीलाई आग्रह गरेका छन्। फराह हाल सेलिब्रेटी मास्टरशेफमा निर्णायकको भूमिकामा छिन्, तर यो घटनापछि उनलाई सामाजिक सञ्जालमा समेत आलोचना र ट्रोलको सामना गर्नुपरेको छ।

प्रकाशित: १० फाल्गुन २०८१ ११:१८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App