राप्ती साहित्य परिषद् दाङ शाखाकाे नियमित कार्यक्रम अन्तर्गत ७३औं श्रृङ्खलामा ‘छन्द सङ्गम’ कार्यक्रम भएकाे छ।
राप्ती साहित्य परिषद् जिल्ला शाखा दाङका अध्यक्ष यम रेग्मीको अध्यक्षता तथा वरिष्ठ साहित्यकार गणेश विषमको प्रमुख आतित्य तथा राप्ती साहित्य परिषद् केन्द्रका सल्लाहकार पुरुषोत्तम खनालको विशिष्ट आतिथ्यमा कार्यक्रम भएको थियो।
नेपाली लेखक सङ्घ दाङका अध्यक्ष डा. हिमलाल पन्थी, साहित्यकारहरू पुरुषोत्तम खनाल, हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’ धनसिंह गिरी, महेशकुमार न्यौपाने, वीना रोका, नारदप्रसाद भण्डारी, एकराज शर्मा अधिकारी, विक्रम ओली ‘नेपाली बाबु’, एकनारायण चापागाई, सुरेशकुमार पाण्डे लगायत एक दर्जन धेरै छन्द कविले आआफ्नो छन्दका सिर्जना वाचन गरेका थिए। वाचित रचनाहरूको समीक्षा साहित्यकार हरिप्रसाद पौडेल ‘स्वर्णशिखा’ ले गरेका थिए।
राप्ती साहित्य परिषद् केन्द्रका अध्यक्ष डा. टीकाराम उदासी, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार कमलमणि देवकोटा, राप्ती साहित्य परिषद् दाङ शाखाका सल्लाहकार तथा निवर्तमान अध्यक्ष दीपक शर्मा समीर, राप्ती साहित्य परिषद् केन्द्रका कोषाध्यक्ष डा. खेमराज मल्ल, अध्ययन मञ्च दाङका संयोजक सूर्य विसी, नयाँ सरोकार अनलाइन खबरका प्रधान सम्पादक अरुण कुमार नेपाली, साहित्यकारहरू गोपाल भुसाल अभिलाषी, सुशीला आचार्य, चन्द्रप्रकाश देवकोटा लगायतको गरिमायुक्त उपस्थिति रहेको थियो।
राप्ती साहित्य परिषद् दाङ शाखा उपाध्यक्ष सुरेशकुमार पाण्डेको स्वागत मन्तव्यबाट शुभारम्भ भएको कार्यक्रमको सञ्चालन सचिव घनश्याम केसीले गरेका थिए।
प्रकाशित: २६ माघ २०८१ १३:४२ शनिबार





