१५ पुस २०८२ मंगलबार
image/svg+xml
कला

अमिताभ बच्चनले मध्यरातमा लेखे 'टाइम टु गो', फ्यानहरू चिन्तित

अमिताभ बच्चन ८२ वर्षका भइसकेका छन्। यो उमेरमा पनि उनी निकै सक्रिय छन्। मानिसहरू सन्यास लिएर घरमै आराम गर्ने उमेरमा अमिताभ बच्चनले आफ्ना फ्यानहरूलाई मनोरञ्जन दिइरहेका छन्।

भर्खरै उनले ‘कल्की २८९८ एडी’ मा आफ्नो अभिनयले दर्शकलाई चकित पारेका थिए। बिग बी सामाजिक सञ्जालमा पनि निकै सक्रिय छन् र उनी जतिसुकै व्यस्त भए पनि सामाजिक सञ्जालका लागि समय निकाल्छन्। उनले ब्लग र ट्वीटर मार्फत आफ्ना फ्यानहरूलाई आफ्ना भावनाहरू बताउन बिर्सिनन्। तर अहिले उनको एउटा पोस्टले फ्यानलाई चिन्तित बनाएको छ।

अमिताभ बच्चनले शुक्रबार एक्स (पहिलेको ट्विटर) मा एक पोस्ट गरे, जसले उनका फ्यानहरूलाई चिन्तित बनाएको छ। बिग बीको यो पोष्टबाट फ्यानहरु यति डराए कि के भयो, मेगास्टारलाई ठीक छ कि छैन ? सन्चै हुनुहुन्छ..? भनेर सोध्न थालेका छन्। ८२ वर्षीय अमिताभ बच्चनले शुक्रबार राति ८.४९ मा एक पोस्ट गरेका थिए, जसमा उनले लेखेका थिए, 'टाइम टु गो'।

अमिताभ बच्चनको पोस्ट हेरेर कसैले यसलाई उनको स्वास्थ्यसँग जोडेका छन् भने कसैले कामसँग। उनको यो रहस्यमय पोस्टको सर्वत्र चर्चा भइरहेको छ। तर, अमिताभ बच्चनले क्रिप्टिक पोस्ट गरेको यो पहिलो पटक भने होइन। यसअघि पनि उनले आफ्नो पोस्टबाट जनतामा हलचल मच्चाउँदै आएका छन्। आफ्नो पोस्टको बारेमा बिग बीले अहिलेसम्म बारे स्पष्ट पारेका छैनन्। तर यो पोस्टले पक्कै पनि उनका फ्यानहरूलाई बेचैन बनाएको छ।

अमिताभ बच्चनले चर्चित क्विज रियालिटी शो ‘कौन बनेगा करोडपति १६’ होस्ट गरिरहेका छन्। बिग बी अन्तिम पटक रजनीकान्त स्टारर फिल्म ‘वेटियन’ बाट पर्दामा देखिएका थिए। यसबाहेक उनी नितेश तिवारीको ‘रामायण’ र ‘आँखे २’ मा देखिने छन्। एजेन्सी

प्रकाशित: २६ माघ २०८१ ११:२७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App