१५ पुस २०८२ मंगलबार
image/svg+xml
कला

बालस्रष्टा सिल्भिया पुरस्कृत

दस वर्ष पूरा भई अठार वर्ष ननाघेका बालिकालाई प्रदान गर्ने स्थिति लम्साल बालस्रष्टा पुरस्कार र सम्मान यस वर्ष नारी दिवसको अवसरमा फागुन २३ गते प्रदान गर्ने निर्णय गरिएको छ। उक्त पुरस्कार नगद पाँच हजार पाँच सय रूपैयाँ रहेको छ।

पुरस्कार समितिका निर्णायक रञ्जना पराजुली लम्साल, नारायण जोशी र विन्दिया लम्साल र संयोजक ममता मृदुलको अध्यक्षतामा उत्कृष्ट बालिका छानिएकी छन्। उक्त पुरस्कारका लागि चालिस बालिकाको बायोडाटा प्राप्त भएको थियो। १ महिनाअघि फेसबुकको पेजबाट माग गरिएको थियो।

सिल्भिया खड्का एभरेस्ट इङलिस स्कुल ब्यासी भक्तपुरमा ९ कक्षामा पढ्दै छिन्।

२०६८ साल भदौ १७ गते बुवा वीरबहादुर खड्का र आमा अम्बिका कुँवर खड्काकी सुपुत्रीका रूपमा जन्मिएकी सिल्भिया खड्कालाई प्रदान गर्ने निर्णय गरिएको छ।

बालस्रष्टा वक्तित्व कला, निवन्ध लेखन, पुस्तक समीक्षा जस्ता साहित्यका विविध विधामा क्रियाशील रहेकी छन्।

प्रकाशित: २४ माघ २०८१ १३:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App