१) मुक्तक
कहिले जुटेका छन् कहिले फुटेका छन्,
जनतालाई चिउरा कुटेझैं कुटेका छन्।
यो त खुला जबर्जस्ती भएन र हजुर
नादिर शाहले दिल्ली लुटेझैं लुटेका छन्।
२) मुक्तक
भुलेर पनि लोकदूषण हुने मार्गमा लाग्दिनँ,
कथम् कदाचित् लगाएको गुनको बदला माग्दिनँ।
कर्मको फल हो पाउने, प्रतिध्वनि जसरी आउने,
कर्तव्य पालन नगरी छेकारो हानेर भाग्दिनँ।
३) मुक्तक
मेहनतको आधारमा लाए(खाएको,
उमेर पुगेर पनि जुरो नआएको।
कोरु भनेर सोधे मेरै नाम लिनुहोला,
अभाव भन्दा स्वभावले दुःख पाएको।
४) मुक्तक
कहिले जान्दै नजानेर गल्ती हुन्छ,
कतै आफैँ जस्तो ठानेर गल्ती हुन्छ।
सबैभन्दा ठुलो कारण त हजुर१
धूर्तलाई गुरु मानेर गल्ती हुन्छ।
५) मुक्तक
जब संस्कृति नष्ट भएको देख्नेछन्,
कवि(लेखकले पानाभरि लेख्नेछन्।
नेतृत्व नै कुमार्गतिर लाग्यो भनेरु
दोबाटोमा भाँजा हालेर छेक्नेछन्।
६) मुक्तक
सदानीरा शुद्ध नदी हो उ कहिल्यै सुक्दैन,
सुदृढ निश्चय बिना कोही लक्षमा पुग्दैन।
सुमार्गको अप्रत्यक्ष तागत हो निर्भयता,
अदम्य साहस छ उसङ्ग कदापि झुक्दैन।
७) मुक्तक
कोमल स्वरले श्रोताको मनमा प्रसन्नता भर्न सक्छ,
जनभाषा र उसको संस्कृति सबैको मन पर्न सक्छ।
पूर्ण स्वतन्त्रता त साहित्यमा मात्र प्राप्त हुँदो रहेछ,
साहित्यको रसपान त निरक्षरले पनि गर्न सक्छ।
८) मुक्तक
समता र विषमता एउटै थालीमा राखेर फेट्दछ,
स्वच्छ सुकिलो मनोभूमि बनाउनुको सट्टामा मेट्दछ।
जसले जुन दृष्टि लगाउँछ त्यसैभित्र पाउने न हो,
छिद्रदर्शीले त देवलोकमा पनि दोष मात्रै भेट्दछ।
९) मुक्तक
कतिकति जङार तर्नु छ,
अनगिन्ती खाडल भर्नु छ।
भोगाई मात्र हैन जीवन,
जीवन त निर्माण गर्नु छ।
१०) मुक्तक
साँझको दियो बलेकै छ,
बारीको लिची फलेकै छ।
अरूको व्यर्थ चासो किनरु,
गुजारा आफ्नो चलेकै छ।
प्रकाशित: १४ माघ २०८१ ११:०० सोमबार