२४ पुस २०८१ बुधबार
image/svg+xml
कला

प्राङ्देन हानी लिम्बुलाई ‘द नेशनल डिजाइनर रन वे’ को उपाधि

पाँचौं संस्करणको फेसन डिजाइनरहरूको मेघा प्रतियोगिता ‘द नेशनल डिजाइनर रन वे २०२४’ को उपाधि प्राङ्देन हानी लिम्बुले जितेका छन्। भक्तपुरमा शनिबार साँझ भएको प्रतियोगितामा उनले उक्त उपाधि जितेका हुन्।

१४  फेसन डिजाइनर प्रतिस्पर्धा रहेको प्रतियोगितामा सबी श्रेष्ठ ‘फस्ट रनर अप’ हुँदा ओमान कोमेन जुकान्द्री ‘सेकेण्ड रनर अप’ भए। त्यस्तै सजिना मोनिकर ‘मष्ट पपुलर’ भइन्। विजेताहरूलाई प्रतिनिधि सभाकी उपसभामुख इन्दिरा राना, निर्णायकहरू र आयोजक टोलीका सदस्यहरूले ताज तथा विभिन्न पुरस्कार प्रदान गरेका थिए।

प्रतियोगिता राज्य मिडिया नेटवर्कको आयोजना र एभेन्टोज नेपालको प्रस्तुतिमा भएको हो। राज्य मिडिया नेटवर्क र एभेन्टोज नेपालका सिईओ डेभिल सिंह राजपुतको अवधारणा र निर्देशन तथा राज्य मिडिया नेटवर्कका अध्यक्ष सरोज ओझाको अध्यक्षतामा भएको प्रतियोगितामा आइआइएफटी, एनसिएफटी र आइइसीका फेसन डिजाइनरहरूले सहभागिता जनाएका थिए।

डिजाइनरले डिजाइन गरेका पहिरनलाई ३८ मोडलले र्‍याम्पमा प्रस्तुत गरेका थिए। प्रतियोगितामा फेसनविज्ञहरू मनिषा डंगोल श्रेष्ठ, सविन ढुंगाना, ज्वालाराज पोखरेल, सूर्यदीप घतानी, निशा श्रेष्ठ र फेसनविज्ञ समेत रहेकी नेपाल टेलिभिजनकी वरिष्ठ समाचार सम्पादक शोभा श्रेष्ठ निर्णायक थिए।

फेसन कोरियोग्राफर रोजिन शाक्यको कोरियोग्राफीमा भएको प्रतियोगितामा सञ्जिव कसजुले बजार व्यवस्थापन, परमानन्द चौधरीले इभेण्ट व्यवस्थापन र शैलेश नेपालीले इभेण्ट संयोजकको रूपमा काम गरेका थिए।

प्रकाशित: २२ पुस २०८१ ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App