२३ पुस २०८१ मंगलबार
image/svg+xml
कला

नेपाल स्रष्टा समाजको स्थापना दिवसमा विभिन्न सम्मान अर्पण

नेपाल स्रष्टा समाजले आफ्नो स्थापना दिवस मनाएकाे छ। मंगलबार राजधानीमा आयोजित भव्य कार्यक्रममा समाजले आफ्नो स्थापना दिवस स्रष्टा सम्मान अर्पण गर्दै मनाएको हो।

समाजद्वारा बृहत् कार्यक्रमका बीच नगद २१ हजार १ सय ११ सहितको सुभद्रा-विश्वराज स्रष्टा सम्मान-२०८१, वरिष्ठ संस्कृतिविद तथा साहित्यकार आर.डी. प्रभास चटौत तथा नगद १५ हजार एक सय रुपैयाँ राशिसहितको कँडेल युवा स्रष्टा सम्मान-२०८१ युवा कवि मनोज भण्डारीलाई समर्पण गरियो।

नेपाली संस्कृति र साहित्यको क्षेत्रमा योगदान गरेवापत चटौतलाई प्रमुख अतिथि वरिष्ठ साहित्यकार राजेन्द्र बिमल तथा पुरस्कारका संस्थापक साहित्यकार विधान आचार्यले उक्त सम्मान समर्पण गरे।

यसैगरी सिर्जनात्मक क्षेत्रमा सक्रिय भण्डारीलाई नेपाली भाषा र साहित्यको कविता क्षेत्रमा योगदान गरेवापत उक्त सम्मान प्रमुख अतिथि डा. बिमल तथा सम्मानका संस्थापक साहित्यकार चेतनाथ कँडेलले समर्पण गरे।

कवि मनोज भण्डारी नेपाल संस्कृत विश्वविद्यालयबाट व्याकरणमा शास्त्री तहका स्वर्णपदक विजेता पनि हुन्। सपूर्णानन्द संस्कृत विश्वविद्यालयबाट व्याकरणाचार्य गरेका भण्डारी नेपाल संस्कृत विश्वविद्यालयका उपप्राध्यापक हुन्।

परमानन्द प्रज्ञा पुरस्कार, अर्पण छन्द प्रतिभा पुरस्कार लगायत थुप्रै सम्मान तथा पुरस्कार प्राप्त गरिसकेका भण्डारीले बनारसबाट संस्कृत विभुषण र नेपाल सरकारबाट नेपाल विद्याभूषण ‘ग’ उपाधि प्राप्त गरेका छन्। छन्द कवितामा उत्कृष्ट देखिएका भण्डारीका ‘ईश्वरलाई चिठी’ कवितासंग्रह प्रकाशित छ।

यसैगरी आर. डी. प्रभास चटौत नेपाली,अंग्रेजी, हिन्दी साहित्यका ज्ञाता, सम्पादक, ज्योतिषशास्त्रमा समेत दखल भएका, प्राध्यापन, विभिन्न साहित्यिक संघसंस्थामा क्रियाशील नेपालका विभिन्न प्रशासनिक पदमा समेत बसेर कार्य गरेका, दर्जनौ पदक, पुरस्कार र सम्मानद्धारा सम्मानित झण्डै तीन दर्जन विभिन्न कृतिका कृतिकार हुन्।

कार्यक्रममा प्रमुख अतिथि डा. बिमलले ‘दुबो जस्तो मान्छेलाई महापुरुषमा ल्याएर चढाइदिनुभयो’ भन्दै दर्शनसँग साहित्यलाई जोडेका थिए। उनले विश्व साहित्यमा नेपाली साहित्यलाई लैजान सबैले चिन्तन गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा सम्मानित स्रष्टाद्वयबारे समाजकी कार्यसमिति सदस्य तथा समालोचक डा. शान्तिमाया गिरीले चर्चा गरिन्।

यसैगरी सम्मानित स्रष्टा आर.डी. प्रभासले सुदूर पश्चिमको भाषा अर्का सम्मानित व्यक्तित्व भण्डारीले पुरस्कार आफूलाई गह्रुँगो लागेको भन्दै भण्डारीले आफ्ना दुई राष्ट्रभक्तिभावका शक्तिशाली कविताहरू ‘देवनारायण यादव उवाच’ र ‘प्यारो छ नेपाल यो’ छन्द कविता सुनाए।

यसअघि प्रमुख अतिथिले पानसमा द्धीप प्रज्ज्वलित गरी कार्यक्रमको उद्घाटन गरेका थिए।

स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले गत वर्ष समाजले ३१ कार्यक्रम गर्न सफल भएको सम्झिंदै समाजका सम्पूर्ण सदस्यको सहयोगमा यो सम्भव भएको बताए। सम्मानित व्यक्ति मात्र सम्मान हुने नभएर विधा नै सम्मान हुने अनुभूति सबैलाई हुने गरी आफरूहरूले परम्परा बसाल्न खोजेको बताए।

साहित्यमाथि बोल्दै आफूलाई सम्मानयोग्य ठानेर सम्मान गरेकोमा समाजप्रति आभार व्यक्त गरे। उनले सुदूरपश्चिम लोककला, लोकसंस्कृति र लोकसाहित्यमा सम्पन्न रहेको उल्लेख गरे।

अर्का सम्मानित व्यक्तित्व भण्डारीले  पुरस्कार आफुलाई गह्रुँगो लागेको भन्दै भण्डारीले आफ्ना दुई राष्ट्रभक्ति भावका शक्तिशाली कविताहरू ‘देवनारायण यादव उवाच’ र ‘प्यारो छ नेपाल यो’ छन्द कविता सुनाए।

कार्यक्रममा समाजका संरक्षक पवन आलोक, सल्लाहकार तथा वरिष्ठ साहित्यिक पत्रकार रोचक घिमिरेले शुभकामना मन्तव्य राखेको उक्त कार्यक्रममा पुरस्कारहरूका संस्थापक विधान आचार्य र चेतनाथ कँडेल हरितले पनि आफ्नो मन्तव्य व्यक्त गरे।

महासचिव देविका तिमल्सिनाले सञ्चालन गरेको उक्त कार्यक्रममा उपाध्यक्ष डा. सदानन्द कडेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए।

प्रकाशित: १७ पुस २०८१ १२:२२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App