३० फाल्गुन २०८२ शनिबार
image/svg+xml
कला

दिनचर्या

लघुकथा

‘ल म आज छिटो आएँ भनेको त दिदी पनि आइसक्नुभएछ।’ उषाले भनिन्।

निशाले जिम्मेवार हुँदाकाे खुसी पाेखिन्, ‘हामी जस्ताे गरी खाने मान्छेले अल्छी गर्न भएन नि!’

‘हेर्नु त पूर्वतिर।’ उषाले पूर्वतर्फ उदाउनुअघिको लालीमा देखाउँदै भनिन्।

उनीहरूसँगै थुप्रै मान्छे डाँडातर्फ उक्लदै थिए। बस्तीबाट नजिक भएकाले यो डाँडामा प्रात भ्रमण गर्नेहरूका लागि निकै राम्रो ठाउँ थियो। माथि पुगेपछि चाक्लो चौर पनि थियो। बिहानै शहरका बस्ती र उत्तरतर्फ हिमालको सुन्दर दृश्य देख्दा सबैको मन नै प्रफुल्ल हुन्थ्यो।

निशाले भनिन्, ‘हो त है, तृप्तिहरूको योगा टोली त फर्कन पनि लाग्यो क्यार।’ 

लामोलामो स्वास फेर्दै उनीहरू छिटोछिटो पाइला चाल्न थाले उकालोमा। केहीबेरमा उनीहरूमाथि डाँडाको थाप्लोमा पुगेपछि उषाले सोधिन्, ‘हजूर, यता बस्नुहुन्छ कि म बसूँ?’

निशाले भनिन्, ‘तिमी यतै बस बरु पर म जाउँला।’

उषाले झोला बिसाइन्।

‘ल एक्सर्साइज सकिएको भए यता आउनुस्’ भन्दै झोलाबाट थर्मस र गिलासहरू निकाल्दै चिया बेच्न बसिन्।

प्रकाशित: ११ पुस २०८१ ११:४० बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App