१ पुस २०८१ सोमबार
image/svg+xml
कला

लघुकथाकार ‘समित’ को ‘अर्धशताब्दी’ लोकार्पण

लघुकथाकार मनीषकुमार शर्मा ‘समित’ को तेस्रो लघुकथासङ्ग्रह ‘अर्धशताब्दी’ काे लोकार्पण भएको छ।

सिर्जना अभियान समाजद्वारा प्रकाशित उक्त कृतिको ध्रुव मधिकर्मी, लता केसी, धीरकुमार श्रेष्ठ, दीपक लोहनी, नारायणप्रसाद शर्मा लगायतले संयुक्त रूपमा लाेकार्पण गरेका थिए।

पानसमा दीप प्रज्ज्वलन र लघुकथा गान बजाई सुरु भएको उक्त कार्यक्रम वरिष्ठ साहित्यकार/लघुकथाकार ध्रुव मधिकर्मीले अध्यक्षतामा भएकाे हाे। कार्यक्रममा डा. हिमलाल श्रेष्ठले स्वागत मन्तव्य प्रस्तुत गरेका थिए।

कार्यक्रममा ‘हाम्राे लघुकथा केन्द्र’का संस्थापक लता केसी र नारायणप्रसाद शर्माले शुभकामना मन्तव्य राखेका थिए।

‘शब्दाङ्कुर’ मासिकका प्रधानसम्पादक धीरकुमार श्रेष्ठ र ‘विलाेम’ का दीपक लोहनीले लाेकार्पित कृतिकाे समीक्षात्मक टिप्पणी गरेका थिए।

समालोचक धीरकुमार श्रेष्ठले लघुकथाकार मनीषका लघुकथामा विषयको विविधता रहेको र त्यसले जीवनका विशेष पक्षलाई कतै खुलेर त कतै छोपेर प्रभावकारी रूपमा अभिव्यक्त गरेको बताए।

त्यस्तै अर्का समीक्षक दीपक लोहनीले समितले लघुकथाको आयामलाई ध्यानमा राखेर सटिक रूपमा प्रस्तुत गरेको बताए।

स्रष्टा समितले यस क्षेत्रमा आफूले पृथक् पहिचान कायम गर्न शीर्षकदेखि विषयको चयन र प्रस्तुतिसम्म सकभर फरक प्रयास गरेको बताए।

स्रष्टा समितकाे पचासौं जन्मोत्सवको अवसरमा प्रकाशित कृतिमा आधुनिक विकासले समसामयिक जीवनमा पारेका विविध विषयका पचास लघुकथा छन्।

त्यसैगरी मन्दिरा मधुश्री, मिसु श्रेष्ठ र वीरेन मालाकार ‘सहयात्री’ ले लोकार्पित कृतिबाट लघुकथा वाचन गरेका थिए।

मन्दिरा चापागाईले सञ्चालन गरेकाे कार्यक्रममा डा. हरिप्रसाद भण्डारी, धन्वन्तरि मिश्र कात्यायन, इन्दिरा चापागाई, ध्रुवराज थापा 'पुरूष', अप्सरा भट्टराई, एन्जल निलु, शान्ता तिम्सिना, सुनिता निरौला पौडेल, अश्विनी कोइराला, दिव्य गिरी, रेणुका भट्टराई, श्याम श्रेष्ठ, महेन्द्र न्यौपाने लगायत दर्जनाैंको उपस्थिति रहेको थियो। 

प्रकाशित: २१ मंसिर २०८१ ०९:३६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App