१६ माघ २०८१ बुधबार
image/svg+xml ५:३५ पूर्वाह्न
कला

पोखरेलको सातौं लघुकथासंग्रह ‘एकालाप’ माथि परिचर्चा

वरिष्ठ लघुकथाकार खेमराज पोखरेलको सातौँ लघुकथासंग्रह ‘एकालाप’ माथि विशद परिचर्चा भएको छ।

लोमश वाङमय प्रतिष्ठानको आयोजनामा नेपाल स्रष्टा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको सभाध्यक्षतामा कार्यक्रम भएको हाे।

डा. शेखरकुमार श्रेष्ठ, अशेष मल्ल, विधान आचार्य, युवराज मैनाली, प्राडा भरत भट्टराई, ठाकुरप्रसाद शर्मा र डा. कुमारप्रसाद कोइरालाले कृतिमाथि गहन रूपमा परिचर्चा गरेका थिए।

उनीहरूले कृतिका ७१ लघुकथाको चिरफार गर्दै कृतिकार पोखरेलका लघुकथामा अमेरिकी नेपाली र यहाँको नेपाली समाजको प्रयोगले लघुकथामा नवीनता पाइने, कथाशैली बेजोड, विचार पक्ष सबल, शैली स्वच्छन्द  र व्यङ्ग्यचेत प्रचुर रहेकाे बताए।

त्यस्तै लघुकथामा अमेरिकामा बस्ने नेपालीको मनोदशाको चित्रण, शैक्षिक बेथिति, खुलापनको यौन दर्शन, यथार्थवादी शैलीकाे दैनिकी, स्वैरकल्पना, लाक्षाणिक र प्रतिकात्मकताको पाइएको बताए।

प्रतिष्ठानका अध्यक्ष माधव घिमिरे ‘अटल’ ले चलाएकाे उक्त कार्यक्रममा सभाध्यक्ष रोदन, सुमन सौरभ, रामप्रसाद पन्त, डा. दिनबन्धु शर्मा, मोहन सिटौला लगायतले  शुभकामना मन्तव्य राखेका थिए।

कृतिकार पोखरेलले पाएकाे सुझाव अनुसरण गर्दै लघुकथा उन्नयनका लागि सधैं लागिरहने बताए। यस्ता कार्यक्रमले नवोदित कथाकारहरू धेरै लाभान्वित हुने पनि उनले बताए। प्रतिष्ठानका सदस्य सत्या अधिकारीले स्वागत मन्तव्य राखेकाे उक्त कार्यक्रममा दर्जनाैं कथाकारकाे सहभागिता रहेकाे थियाे।

प्रकाशित: १० मंसिर २०८१ १२:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App