१ कार्तिक २०८१ बिहीबार
image/svg+xml
कला

फिल्म 'एक्टर' को प्रदर्शन मिति फेरियो

फिल्म 'एक्टर: टेक वन' को प्रदर्शन मिति हेरफेर गरिएको छ। कार्तिक १५ गतेबाट प्रदर्शनमा आउने भनिएको फिल्म अब माघ १६ गतेबाट प्रदर्शन हुने निर्माण पक्षले बताएको छ।

चलचित्र निर्माण टोलीका सदस्यहरूको स्वास्थ्यमा समस्या देखिएको र केही प्राविधिक कठिनाइहरू उत्पन्न भएकाले प्रदर्शन मिति पर सार्नु परेको निर्माण पक्षले जनाएको छ। 

चलचित्रको उत्कृष्टता र दर्शकहरूको सन्तुष्टिलाई ध्यानमा राख्दै यी समस्याहरू समाधान गर्दै अझै परिष्कृत रूपमा दर्शकमाझ चलचित्र पुर्‍याउने उद्देश्यका साथ नयाँ मिति तय गरिएको पनि बताएको छ।

निर्माण पक्षले यो निर्णयले वितरक, चलचित्र प्रेमी दर्शकहरू, र अन्य सरोकारवालाहरूमाझ असुविधा पुगेकोमा क्षमा माग्दै नेपाली चलचित्रलाई निरन्तर माया गर्ने दर्शकहरूलाई समर्थन र धैर्यता देखाउन आग्रह गरेको छ।

प्रकाशित: १ कार्तिक २०८१ १२:५४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App