१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

मनमा फुलेको फूल अर्कैले चुँडाउँदा!

मुक्तक

१) मुक्तक

चोखो प्रेममा जहिले पनि हार भयो

आजीवन प्रेमको खेती बेकार भयो

सुखमा साथ पाएँ दुःखमा घात पाएँ

जिन्दगी प्रेमको रोगले लाचार भयो।

२) मुक्तक

जब थुतुनो मात्रै चलाएर खाने हावी हुन्छ

तब बाउको बिर्ताझैं देश खाने दाबी हुन्छ

मान्छे झोला हैन झोला मान्छे बनेको दिन,

बल्ल जनताको हातमा देश चल्ने चाबी हुन्छ।

३) मुक्तक

बुढो मेरो कलम सुरिएर तन्नेरी बनी

म नै ब्रह्माण्ड थामूँला ढुक्क बन तँ भनी

ढिलो भो इतिहासको बिस्कुन जोगाउन

हिम्मत गर ध्रुव युग कोर्न भन्छ लेखनी।

४) मुक्तक

धत्तेरी, फेरि किन नमिठो दुख्यो जिन्दगी

उद्यान जस्तो सुन्दर प्रेम मुर्झ्यो जिन्दगी

रोमियो-जुलियट बन्ने बाचा कुल्चिंदा उस्ले

शीशा समान भाग्य मेरो फुट्यो जिन्दगी।

५) मुक्तक

कल्पनाको बाढी उर्लेर डगमगाउँदा

कोमल मेरो हृदयको बाँध फुटाउँदा

स्तब्धताले गर्धन रेट्नु रेट्यो साथी

मनमा फुलेको फूल अर्कैले चुँडाउँदा।

प्रकाशित: २३ भाद्र २०८१ १२:५८ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App