१ आश्विन २०८१ मंगलबार
image/svg+xml
कला

सञ्जय दत्तले आफैँलाई गिफ्ट गरे करोडौंको कार

बलिवुड अभिनेता सञ्जय दत्तले आफूलाई करोडौं मूल्य बराबरको गाडी उपहार गरेका छन्।

सोमवार आफ्नो ६५ औँ जन्मदिन मनाएका सञ्जय दत्तले आफैंलाई रेञ्ज रोभर एसभी एसयुभी कार गिफ्ट गरेका हुन्।

उनको यो कारको मूल्य ४ करोड भारतीय रुपैयाँ बताइएको छ।

निकै दमदार इन्जिन र नयाँ फिचर्सका लागि प्रसिद्ध उक्त कार पछिल्लो समय बलिवुड जगतमा निकै लोकप्रिय बन्दै गएको छ।

१९५९ मा जन्मेका सञ्जय दत्त बलिवुड अभिनेत्री नरगिश र अभिनेता सुनिल दत्तका छोरा हुन्।

खलनायक, मुन्नाभाई एमबिबीएस, पिके जस्ता कैयन हिट चलचित्र उनको नाममा रहेका छन्।

प्रकाशित: १५ श्रावण २०८१ १३:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App