वरिष्ठ कथाकार तथा नेपाल प्रज्ञाप्रतिष्ठानका पूर्व सदस्य सचिव सनत रेग्मी अक्षरमार्ग सम्मानबाट सम्मानित भएका छन्। भाषा आयोगका सदस्य माननीय डा. गोपाल अस्क र साहित्यकार सूर्य लाकोजूले उनलाई अक्षरमार्ग सम्मान अर्पिएका हुन्।
नेपाली भाषा र साहित्यकाे क्षेत्रमा उल्लेखीय योगदान पुर्याएकाेमा उनलाई नगदसहित सम्मान गरिएको हो।
नेपाली साहित्य, संस्कृति र इतिहासका क्षेत्रमा उल्लेखीय योगदान पुर्याएका वाङमयसेवीहरूलाई अक्षरमार्गले सम्मान गर्दै आएको छ। यसै सन्दर्भमा पूर्व घोषित निर्णयअनुसार उनलाई सम्मान गरिएकाे हाे।
प्रकाशित: २७ जेष्ठ २०८१ ०९:३७ आइतबार