१० वैशाख २०८२ बुधबार
image/svg+xml १४:५१ अपराह्न
कला

बोक्सीको घरले विवाहित अभिनेत्रीहरू फिल्म रुचाइँदैनन् भन्ने भाष्य तोड्यो: स्वस्तिमा खड्का

अभिनेत्री केकी अधिकारीको निर्माण एवं शीर्ष अभिनय रहेको फिल्म 'बोक्सीको घर' ले आक्रामक कमाइ गरिरहेको छ।

सामाजिक कथावस्तुमा बनेको यो फिल्मले क्रमशः पिकअप लिन सक्ने अनुमान धेरैको थियो। तर फिल्मले आक्रामक कमाइ गरेपछि धेरैले विभिन्न प्रतिक्रिया दिएका छन्।

यसैबिच नायिका स्वस्तिमा खड्काले फिल्म 'बोक्सीको घर' ले अभिनेत्रीका विषयमा विद्यमान थुप्रै रुढिवादी चिन्तन तोडिएको बताएकी छिन्।

सामाजिक सञ्जालमा स्टाटस लेख्दै स्वस्तिमाले ३० वर्ष उमेर पार भएकी अभिनेत्रीलाई दर्शकले पर्दामा हेर्न चाहँदैनन् भन्ने भाष्य तोडेको बताएकी छिन्।

उनले महिलाप्रधान चलचित्रहरू व्यावसायिक रूपमा सफल हुँदै हुँदैनन्, अभिनेत्रीहरूलाई पुरुष कलाकारको साथ चाहिन्छ चाहिन्छ र  विवाहित अभिनेत्रीहरू चलचित्रमा रुचाइँदैनन् भन्ने रुढीवादी चिन्तनको जरामा आगो लगाइदिएको बताएकी छिन्। 

प्रकाशित: २४ वैशाख २०८१ १३:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App