२१ असार २०८१ शुक्रबार
image/svg+xml
कला

निशान भट्टराई र मोडल ऋचा न्यौपानेबीच सम्बन्ध विच्छेद

गायक निशान भट्टराई र मोडल ऋचा  न्यौपानेबीच कानूनीरुपमै सम्बन्ध विच्छेद गरेका छन्।

चैत ७ गते काभ्रे जिल्ला अदालतका न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो।

चैत ७ गते  ऋचाले संयुक्त रुपमा निवेदन दिएको र सोहि दिन फैसला गरेको काभ्रेपलान्चोक जिल्ला अदालतका सूचना अधिकारी हिराकुमारी भण्डारीले जानकारी दिइन्।

उनले भनिन्, चैत ७ गते उहाँहरुले संयुक्त रुपमा निवेदन दिनुभएको थियो। सोहि दिन न्यायाधीश विश्वनाथ भट्टराईको इजलासले सम्बन्धबिच्छेदको आदेश दिएको हो। मिलापत्रबाट उहाँहरुको सम्बन्धबिच्छेद भएको हो।

उनका अनुसार ऋचाले सम्बन्धबिच्छेद गर्दा अंश दाबी भने गरेकी छैनन्।

२०७७ सालमा यी दुईबिच कानुनी विवाह भएको थियो।  निशान नेपाल आइडलको पहिलो सिजनको फस्ट रनरअप हुन् भने पछिल्लो समय उनी चल्तीका गायक हुन्। ऋचा भने मोडलिङ पेशामा आबद्ध छिन्। 

प्रकाशित: २६ चैत्र २०८० १६:३१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App