विश्वका विभिन्न चौध भाषामा प्रकाशित वरिष्ठ साहित्यकार भरत जंगमको बहुचर्चित उपन्यास ‘कालो सूर्य’ को चित्रमा प्रदर्शनी शुभारम्भ भएकाे छ।
कलाकार इन्दु पन्तले तयार गरेको कला र साहित्यको सङ्गम चित्रकला विश्वमा पहिलो प्रयोग रहेको हो।
एन्टिकरप्सन एकेडेमीले आयोजना गरेको सो विश्व प्राज्ञिक आकाशमा कला र साहित्यको सङ्गमको उद्घाटन ललितकला प्रज्ञाप्रतिष्ठानका कुलपति चर्चित कलाकर नारदमणि हार्तम्छाली र पूर्व कुलपति वरिष्ठ चित्रकार रागिनी उपाध्यायले संयुक्त रूपमा गरेका थिए।
कार्यक्रममा प्रमुख अतिथि नारदमणि हार्तम्छाली, पूर्व कुलपति रागिनी, कलाकार इन्दु पन्त र साहित्यकार भरत जंगमले आआफ्नो मन्तव्य राखेका थिए।
उक्त प्रदर्शनी फागुन ८ देखि फागुन १२ गतेसम्म नेपाल आर्ट काउन्सिलमा हुनेछ भने आगामी चैत ३ देखि ९ गतेसम्म ललितकला प्रज्ञाप्रतिष्ठान, नक्सालमा प्रदर्शनी हुनेछ। प्रदर्शनीमा २७ थान चित्र राखिएका छन्।
कार्यक्रमको संचालन एन्टिकरप्सन एकेडेमीका अध्यक्ष अनुप जंगमले गरेका थिए।
प्रकाशित: ११ फाल्गुन २०८० १२:०६ शुक्रबार