७ मंसिर २०८१ शुक्रबार
image/svg+xml
कला

मायामोह

कविता

हाम्रा बुबाहरू

एकविहानै उठ्नुहुन्थ्यो।

बोक्नुहुन्थ्यो हलो-कोदालो

के काम छ?

गर्नुहुन्थ्यो फत्ते तुरुन्तै

आमा बिसाउनुहुन्थ्यो

मनको भारी

मस्काउनु हुन्थ्यो - ढिंडो पसिनामा

पार्नुहुन्थ्यो - मोही सोल्दर

खानुहुन्थ्यो - दुवै जना सपासप

थिएन गुनासो

क्या मिठो भन्नुहुन्थ्यो बुवा

मुस्कुराउनहुन्थ्यो आमा

हेर्नुहुन्थ्यो मायालु नजरले बुबालाई

क्या आनन्द - क्या सन्तोष

च्यातिएकै होस चोली

कट्कटिएकै होस दौरा

मासु र चामलको भात खान

कि दशैं नै आउनुपर्थ्यो

कि भोजभतेर नै लाउनुपर्थ्यो।

तर,

आज सात बजे उठे नि भो

तिनै बजे सुते नि भो

फिलिम हेरे नि भो

सिरियलमा डुबे नि भो

खान पाइएकै छ चामलको भात

बाेइलरको मासु,चाउचाउ र विस्कुट

दराजभरि,

लुगा सुन गहना

कतै हिंड्नुपर्‍याे भने

हिंड्ने बेला श्रीमती को लाउने लुगै हुँदैन।

फलानोको त मुम्बईको सारी

छड्के तिलहरी

मेरो त के छ र

कचकच तनाव टेन्सन

हिजो केही नभए पनि

सबैथोक भए जस्तो

आज,

सबै थोक भए पनि

केही नभए जस्तो

फरक छ,

हिजोको माया - पसीनामा थियो

आजको माया पैसामा छ।

हिजोको माया विश्वासमा थियो

आजको माया बैंसमा छ।

प्रकाशित: २५ माघ २०८० ११:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App