१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

एलिना चौहानको गीत ‘कट्टा हान्दिन्छु’ लाई लाग्यो चोरी आरोप

एलिना चौहानको गाएको गीत 'कट्टा हान्दिन्छु' ले निकै चर्चा बटुल्यो। गीत युट्युबको ट्रेडिङमा समेत पर्यो। तर अहिले त्यहि गितमाथि चोरीको आरोप लागेको छ।

गायक विश्वराम कार्कीले उक्त गीत आफ्नो गीत 'कट्टा हानिदिन्छु' बाट हुबहु चोरिएको बताएका छन्।

कार्कीले उक्त गीत आफूले एक वर्ष अगाडि नै  रेकर्ड गराएको र अडियो पनि सार्वजनिक पनि भएको बताएका छन्। अडियो पहिल्यै नै सार्वजनिक भएपनि भिडियो भने निकाल्न ढिला भएको उनको भनाइ छ।

आफ्नो गीतामा सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु । धेरै बढी बोलिस् भने कट्टा हानिदिन्छु भन्ने भएको साथै एलिनाको गीतमा सान दिनेलाई सान दिन्छु, मान दिनेलाई मान दिन्छु। धेरै बढी बोलिस् भने मायामा कट्टा हानिदिन्छु भन्ने रहेको र गीतमा मायामा मात्र थपिएको र अन्य सबै उस्तै भएको उनको दाबी छ।

एलिनाको स्वर रहेको 'कट्टा हान्दिन्छु' गीतको भिडिओ ओबी रायमाझी युट्युब अकाउन्टमार्फत सार्वजनिक भएको हो। यस गीतको भिडियोमा रायमाझीले समेत खेलेका छन्।

उक्त गीतसँग संयोगले मिलेपनि आफूरहरुले गीत नचोरेको रायमाझीको दाबी छ।

प्रकाशित: २३ माघ २०८० १६:४१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App