११ माघ २०८२ आइतबार
image/svg+xml
कला

कलाकार सरिता लामिछानेलाई सिम्पल आर्ट्स सम्मान

सिम्पल आर्ट्सले मुक्ति टेलिसिरियलबाट ख्याति कमाएकी कलाकार सरिता लामिछानेलाई सिम्पल आर्ट्स सम्मान गर्ने भएकाे छ।

सिम्पल आर्ट्स संस्थापक अध्यक्ष संगीतकार तथा निर्देशक केशव सान्दाइको अध्यक्षतामा बसेको बैठकले साे निर्णय गरेकाे हाे।

यसै गरी साहित्यकार मधुसूदनप्रसाद घिमिरे, निर्माता तथा वितरक सरोज शर्मा, गायक तथा सङ्गीतकार सूर्य दयालु र शिक्षासेवी केदारप्रसाद तिमल्सिनालाई पनि सिम्पल सम्मान २०८० प्रदान गर्ने निर्णय गरेको छ।

सिम्पल आर्ट्सले हरेक वर्ष साहित्य, सङ्गीत, कला र सामाजिक क्षेत्रका पाँच प्रतिभालाई सिम्पल सम्मान प्रदान गर्दै आएको छ। यसै क्रममा याे सिम्पल सम्मान छब्बीसौ शृङखला रहेकाे छ।

सिम्पल आर्ट्सका संस्थापक तथा पूर्व अध्यक्ष कथाकार विमल कोइरालाकाे अनुसार साहित्यकार तथा कलाकार विक्रम श्रेष्ठ सागर संयोजक, कलाकार करुणा पोखरेल र कलाकार जमुना  पोखरेल कोइराला सदस्य रहेको प्रतिभा चयन समितिले सिफारिस गरेको नामलाई बैठकले अनुमोदन गरेको बताइएको छ।

सम्मान आगामी फागुन १२ गते शनिबार एक कार्यक्रम बीच समर्पण गरिंदै छ। २०५५ सालमा विमल, केशव,निबन्ध (विकेनि)ले स्थापना गरेको सिम्पल आर्ट्सलाई उनीहरू तीन जनाको मित्रताको प्रतीकको रूपमा लिने गरिएकाे छ।

प्रकाशित: २२ माघ २०८० १०:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App