१२ असार २०८१ बुधबार
image/svg+xml
कला

देखाइयाे जयदेव गौतमको ‘ती निला आँखा’

पत्रकार तथा निबन्धकार जयदेव गौतमको दोस्रो निबन्धकृति ‘ती निला आँखा’ काठमाडाैंमा एक समारोहकाबिच लोकार्पण भएको छ।

शुक्रबार नेपाल स्रष्टा समाजले आयोजना गरेको कार्यक्रममा उपस्थित सर्जकहरूले कृतिको सार्वजनिक गरे।

कार्यक्रममा साहित्यकार तथा ‘नेपाली निबन्धको इतिहास’ का लेखक प्रमोद प्रधानले गौतमले अस्वस्थ हुँदाहुँदै पनि यो निबन्ध कृति ल्याएको प्रसङ्ग उठाउँदै एउटा सर्जकले जुनै अवस्थामा पनि सिर्जना गर्ने बताए। यस कृतिले व्यापक विषय र क्षेत्र समेटेको पनि उनले बताए।

निबन्धकार तथा समालोचक डा.रजनी ढकालले कृतिका निबन्धहरूका विभिन्न आयामबारे चर्चा गरिन्। उनले निबन्धहरूमा भएका सबल र सुधार्नुपर्ने सन्दर्भहरूबारे पनि आफ्नो धारणा राखिन्।

त्यस्तै निबन्धकार भीष्म उप्रेतीले निबन्धमा पत्रकारिताको भाषा पनि प्रयोग भएको बताए। उनले निबन्धमा विचारको सिर्जना गर्न सक्नुपर्ने भन्दै यतातिर निबन्धकारहरूको ध्यान जानुपर्नेमा जोड दिए।

नेपाल स्रष्टा समाजका अध्यक्ष तथा निबन्धकार श्रीओम श्रेष्ठ ‘रोदन’ ले विदेशमा अस्वस्थ अवस्थामा पनि निबन्धकृति प्रकाशन गरेकोमा गौतमको निबन्धकारिताको प्रशंसा गरे। कार्यक्रममा नेपाल सरकारका सहसचिव राजेन्द्र थापाले निबन्धकार गौतमको व्यक्तित्वमाथि प्रकाश पारेका थिए।

समाजका उपाध्यक्ष चेतनाथ कणेल हरितले स्वागत गरेको उक्त कार्यक्रममा महासचिव देविका तिमिल्सिनाले सञ्चालन गरेका थिए।

साझा प्रकाशनले प्रकाशन गरेकाे ‘ती निला आँखा’ मा २१ निबन्ध समेटिएका छन्। निबन्धकार जयदेव गौतमको २०६७सालमा ‘लक्ष्मण रेखाकाका दासहरू’ निबन्धसङ्ग्रह प्रकाशित भएको थियो।

प्रकाशित: २० माघ २०८० ११:२९ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App