९ मंसिर २०८१ आइतबार
image/svg+xml
कला

ढुङ्गो

कविता

ढुङ्गो

मूलबाटोमा देउराली

म त्यही बाटो नाप्छु हरेक हप्ता

मैले त्यो बाटो नापिन भने

मेरो परिवारको सास फेरिंदैन।

मूलबाटामा देउराली

बिहानै,

ढुङ्गालाई म देउरालीमा अड्याउँछु।

हरेक बाटो नपाइमा

एकदिन,

देउरालीनेर म चिप्लिन्छु।

उठ्न खोज्छु

टाउकाको रगत हातले छाम्दै

देउरालीतिर हेर्छु

त्यही ढुङ्गो जसलाई मैले

बडो जतनले

देउरालीको टुप्पोमा अड्याएको थिएँ

उसैले ठोकेछ

मेरो टाउको

सम्झें, ढुङ्गालाई त गुन लाग्दैन भने

के गुन लाग्थो निर्दयी मान्छेहरूलाई।

प्रकाशित: ११ माघ २०८० ०१:२३ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App