१६ वैशाख २०८१ आइतबार
image/svg+xml
कला

राष्ट्रिय एकता दिवसको अवसर पारेर निशाको पहिलो उपन्यास ‘अर्चना’ विमोचन

३ सय २ औ पृथ्वी जयन्ती र राष्ट्रिय एकता दिवसको अवसर पारेर पार्वती शर्मा कपिलवस्तुको सदरमुकाम तौलिहवामा अर्चना उपन्यासको विमोचन गरिएको छ।

कपिलवस्तु नगरपालिकाको सभा हलमा आयोजित उपन्यास विमोचन समारोहमा लेखक पार्वती शर्मा “निशा”को पहिलो उपन्यास ‘अर्चना’ विमोचन गरिएको हो। निशाको यो चौथो कृति हो। लुम्बिनी प्रदेशकी पूर्व सदस्य माला गोतामे साहित्यकार हसास लगायतले संयुक्तरुपमा सो कृति विमोचन गरिएको हो। नेपालको समसामयिक सामाजिक सन्दर्भ र नेपाली सामाजिक जीवनशैलीले विकसित गरेका विकृति विसङ्गतिपूर्ण अवस्थाले भोग्नु परेको मार्मिक कथा बस्तु उपन्यासमा समेटिएका छन।

हरिराज शर्मा (हरास)द्वारा प्रकाशित सो उपन्यासमा देश, काल, परिस्थितिका कारण निम्त्याएको यर्थाथताको धरातल रहेको कुरा चर्चा गरिएको थियो। साहित्यको क्षेत्रमा खडेरी परेका बेला अहिले भने बिस्तारै जिल्लामा कृतिहरूको निस्कन थालेको लुम्बिनी प्रदेश पूर्व सदस्य गोतामेले बताईन।

नारी सृजनशील साहित्य समाजद्वारा आयोजित उपन्यास विमोचन कार्यक्रममा पूर्व प्रदेश सांसद माला गोतामे, पहिलो महिला ज्योतिष प्रीति आत्रेय ज्ञवाली, कपिलवस्तु नगरपालिकाका उपप्रमुख सुनिता गुप्ता, कपिलवस्तु नगरपालिकाका सामाजिक विकास अधिकृत पदमराज श्रेष्ठ, लुम्बिनी वाङ्मय प्रतिष्ठानका राघवेन्द्र श्रीवास्तव, नव कपिलवस्तु साहित्यिक समाजका पशुपति मणि त्रिपाठी, अवधि सांस्कृतिक समाजका युवराज गुप्ता (बैरागी कवि), बाल साहित्यकार जोशीका कँडेल, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष किरणमान बज्राचार्य लगायत पत्रकार तथा सञ्चारकर्मीहरूको सहभागीता रहेको थियो। वरिष्ठ साहित्यकार हरिराज शर्मा (हराश)को स्वागत मन्तव्य, नारी सृजनशील साहित्य समाजका अध्यक्ष शकुन्तला पौडेलको अध्यक्षता रहेको कार्यक्रम गीता खनालको सञ्चालनमा सम्पन्न भएको थियो।

प्रकाशित: २७ पुस २०८० १२:५४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App