१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

नेपाल स्रष्टा समाजकाे सप्ताहव्यापी कार्यक्रम सम्पन्न

नेपाल स्रष्टा समाजले ऐतिहासिक रूपमा सप्ताहव्यापी कार्यक्रमको समापन गरेको छ। समाज स्थापनाको सत्रौ वार्षिक उत्सवको अवसर पारेर पुस १३ देखि १९ गतेसम्म विभिन्न कार्यक्रम गर्दै समीक्षा गोष्ठीमार्फत समापन भएकाे हो।

नेपाल स्रष्टा समाजकाे  सप्ताहव्यापी कार्यक्रमकाे समापनमा समाजका सल्लाहकार तथा प्रमुख अतिथि साहित्यिक पत्रकार नगेन्द्रराज शर्माले साहित्यमा भाषिक एकरूपताका लागि समाजले सक्रिय हुनुपर्ने सुझाव दिएका थिए।

उनले सबै क्षेत्रमा भाषिक लापर्वाही भएकाले भाषा शुद्धिकरणका लागि समाजले विशेष समिति बनाएर राज्यसँग वार्ता गरेर ऐतिहासिक काम गर्नुपर्ने बताएका थिए।

कार्यक्रममा समाजका अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन’ले विविध चुनौती हुँदा हुँदै पनि सप्ताहव्यापी कार्यक्रमकाे योजना बनाएकाे र साेहीअनुसार कार्यक्रम पूरा गर्न सफल भएको बताए। उनले कार्यक्रम गर्न धेरै क्षेत्रबाट सहयोग मिलेको भन्दै धन्यवादज्ञापन पनि गरेका थिए।

प्रकाशित: २१ पुस २०८० ०९:०५ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App