१८ मंसिर २०८१ मंगलबार
image/svg+xml
कला

‘स्पिकर’ पाएर दङ्ग भइन् सुस्मिता

नेपाली समाजमा एउटा उखान ‘माछा मारेर दिनुभन्दा माछा मार्ने बल्छी दिनु सबैभन्दा उत्तम हो।’

दृष्टिबिहिन सुस्मिता विकलाई पनि उखानै भनेजस्तै सहयोग मिलेको छ। जीवन जिउँदाको पीडालाई गीतको माध्यबाट प्रस्तुत गर्दै घर खर्च जुटाउने गरेकी धवलागिरी गाउँपालिका–७,ताकेकी सुस्मिता लाउड स्पिकर भाडामा लिएर हिँड्ने गरेकी थिइन्।

सदरमुकाम बेनीबजारमा गीत गाउँदै हिँड्ने गरेकी सुस्मितालाई धेरैजसो लाउड स्पिकरको भाडा तिर्ने पैसा समेत जुटाउन हम्मे हम्मे पर्थ्यो।

बिहानै भोक भोकै कोठाबाट निस्किएर बेनीबजारका चोकचोकमा गीत गाएर बटुवाको मन जित्न सफल भएकी सुस्मिताले गीत गाउने स्पिकरका लागि दैनिक १ हजार रुपैयाँसम्म भाडा तिर्ने गरेकी थिइन्।

गीत गाएरै जीविकोपार्जनका लागि आर्थिक जोहो गर्न दृष्टिविहीन कलाकार सुस्मिताको समस्याका बारेमा नागरिक दैनिक र  नागरिकअनलाइनमा समाचार प्रकाशित भएपछि म्याग्दीको रघुगंगा गाउँपालिका–१ बेग ढक्कीघरे हाल बेलायतमा रहेका नक्कु पूर्जा, धर्मपत्नी तारा पूर्जा र छोराछोरी दर्पण पूर्जा र जेनित पूर्जाले २५ हजार बराबरको स्पिकर सहयोग गरेका छन्।

नक्कु दम्पतीले आफ्ना दाजु लालकुमार पूर्जा र भाउजू स मायाँ पुर्जामार्फत सोमबार सदरमुकाम बेनीस्थित बिरेन्द्रचोकमा एक कार्यक्रम गरी सुमिस्तालाई गुणस्तरीय स्पिकर हस्तान्तरण गरे।

बेनी नगरपालिकाका प्रवक्ता एवम् वडा नं ७ का अध्यक्ष रमेशकुमार श्रेष्ठ, बिरेन्द्रचोक टोल विकास संस्थाका अध्यक्ष महेन्द्र श्रेष्ठ, युवा नेता झलक आचार्यको उपस्थिति रहेको थियो। सोही अवसरमा लालबहादुर र समायाँले खाद्यान्न र नगद समेत सहयोग गरेका थिए।

विभिन्न ठाउँमा गएर आर्थिक सङ्कलनका लागि स्पिकर आवश्यक रहेको जानकारी पाएपछि सहयोग गरेको नक्कु पूर्जाले बताए।

‘पीडितको आवश्यकतालाई हाम्रो परिवारले सहयोग गरेको हो,‘सीपअनुसारको सहयोगले जीवन निर्वाहमा समेत सहज हुन्छ’ समाजसेवी पूर्जाले भने।

दुःखीलाई नै दुःखले लखेट्छ भन्ने उदाहरण बनेकी सुस्मिता बिरामी हुँदा समेत भोक भोकै गीत गाउने गरेकी छन्। साँझ बिहानको छाक टार्न विद्यालयमा जाने छोरालाई लिएर गीत गाउँदै सहयोग जुटाइरहेको अवस्थामा भाडा तिर्नुपर्ने झन्झटबाट मुक्त भएकोमा सहयोगदातालाई धन्यवाद दिइन्।

उनले नयाँ स्पिकरबाटै सहयोगदातालाई धन्यवाद दिइन र गीत गाएर समेत सुनाइन।

‘अब स्पिकरको भाडा तिर्नुपर्ने समस्या टरेको छ, त्यही पैसा पनि बचत भए मेरो घर खर्च चल्छ’ उनले भनिन्।

सुस्मिताका एक छोरा र चार छोरी छन्। छोराछोरी पढाउनदेखि सबै घर खर्च गीतबाट जुटाउनुपर्ने बाध्यता छ। आफ्नै जीवनको पीडा गीतमार्फत सुनाउँदा बाटोमा हिँड्ने बटुवा, व्यापारीको समेत आँखा पनि रसिलो हुन्छ।

दृष्टिविहीन भएकैले सुस्मिता र उनका श्रीमान् समेत दृष्टिविहीन हुन्। पहिले संंगै गीत गाउने श्रीमान् जलन विक अहिले पोखरामा बस्छन्। ज्याला मजदुरी गर्न नसक्ने भएर विरहको गीत गाउँदै हिँड्ने गरेकी सुस्मिताको घाँटीमा समस्या हुँदा पनि रोकिदैं गाउने गरेकी छन्। सुस्मिताको स्वर मिठो छ। हातमा माइक्रोफोन समातेर गीत गाउने गरेकी सुस्मिताले लाउड स्पिकरमा सहयोगको टोकरी राखेकी छन्।

प्रकाशित: ३ पुस २०८० ०२:१७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App