२४ असार २०८२ मंगलबार
image/svg+xml

रसुवाको बाढीमा बेपत्ता प्रहरीको शव चितवनमा भेटियो

रसुवाको बाढीमा बेपत्ता भएका एकजना प्रहरीको शव चितवनमा भेटिएको छ। भरतपुर महानगरपालिका–२९ पन्ध्र किलोस्थित त्रिशूली नदी किनारमा शव भेटिएको हो।

'फास्ट ट्य्राक' बाट भूमि विधेयक पारितको तयारी

प्रतिनिधि सभाको बुधबार (भोलि) को बैठकमा विवादित भूमिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक समितिमा नपठाई पारितको तयारी गरिएको छ।

बाढीमा बेपत्ताहरुको खोज, उद्धारलाई प्रभावकारी बनाउन निर्देशन

प्रधानमन्त्री एवं परिषद्का अध्यक्ष केपी शर्मा ओलीका अध्यक्षतामा प्रधानमन्त्री निवास, बालुवाटारमा भएको बैठकमा बाढीको सम्भावित कारण र हालसम्म प्राप्त क्षतिको विवरणको जानकारी लिँदै दुर्घटनामा जीवन गुमाएकाहरुमा हार्दिक श्रद्धाञ्जलि र परिवारजनमा समवेदना व्यक्त गरेको छ।

टेलिकमका प्रबन्ध निर्देशकलाई दुई लाख धरौटीमा छाड्न आदेश

विशेष अदालत, काठमाडौंले नेपाल टेलिकमका निलम्बित प्रबन्ध निर्देशक सङ्गीता पहाडीलाई दुई लाख धरौटीमा छाड्न आदेश गरेको छ।

पाल्पामा पहिरो खस्दा मोटरसाइकल चालकको मृत्यु

सिद्धार्थ राजमार्गअन्तर्गत बुटवल–तानसेन सडकखण्डको तिनाउ गाउँपालिका–३ हेडबक्स नजिकै माथिबाट खसेको पहिरोमा परी घाइते भएका दुईमध्ये एक जनाको मृत्यु भएको छ।

जिम्बाब्वेमाथि साउथ अफ्रिकाको फराकिलो जित

साउथ अफ्रिकाले जिम्बाब्वेविरुद्धको दोस्रो तथा अन्तिम टेस्टमा एक इनिङ्स र २३६ रनको फराकिलो जित निकालेको छ। योसँगै साउथ अफ्रिकाले दुई खेलको शृङ्खला क्लिनस्विप गरेको छ।

रसुवा बाढीको सम्भावित कारण पत्ता लगाउन अध्ययन सुरू

जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले रसुवा (भोटेकोशी) मा आज आएको बाढीको कारण पत्ता लगाउन अध्ययन सुरू गरिएको जनाएको छ।

केरुङमा अलपत्र परेका दुई सय नागरिकलाई तातोपानीबाट ‘रेस्क्यू’ गरिँदै

छिमेकी राष्ट्र चीनतर्फ अविरल वर्षाका कारण भोटेकोशी नदीमा आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठुलो क्षति भई नेपाल प्रवेश गर्न नपाएका दुई सय नागरिकलाई तातोपानी नाकाबाट प्रवेशको व्यवस्था मिलाइएको छ।

कालीगण्डकी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह

मुस्ताङको लोमन्थाङ गाउँपालिका-४ नाम्दोकको छुकार खोलामा आएको बाढीका कारण जोखिममा रहेका म्याग्दीस्थित कालीगण्डकी नदी तटीय क्षेत्रमा सतर्कता अपनाउन आग्रह गरिएको छ।

हवाई इन्धन डिपोलाई जग्गा उपलब्ध गराउन प्राधिकरणलाई निगमको ताकेता

जोखिमपूर्ण ठाउँमा रहेको हवाई इन्धन डिपो सुरक्षित स्थानमा स्थानान्तरण गर्न आयल निगमले तयारी गरे पनि क्यानले जग्गा उपलब्ध नगराए पछि ढिलाई भएको छ ।

सेनाको हेलिकोप्टर चिनियाँ भूमिमा एक घण्टादेखि होल्डमा

रसुवाको बाढी पहिरोमा परेका नागरिकको उद्धारका लागि गएको नेपाली सेनाको एक हेलिकोप्टर यतिबेला चिनियाँ भूमिमा होल्डमा छ।

नवलपुरमा स्कर्पियो र बोलेरो ठोक्किँदा १० जना घाइते

नवलपरासी (बर्दघाट सुस्तापूर्व) को विनयी त्रिवेणी गाउँपालिकामा स्कर्पियो र बोलेरो ठोक्किँदा १० जना घाइते भएका छन्।

सेनेटरी प्याडमा भ्रष्टाचार : धनकौल गाउँपालिकाका जनप्रतिनिधिले खाए लाखौँ रकम

गाउँपालिकाको शिक्षा शाखले खरिन गरेको सेनेटरी प्याडको खुद्रा बजार मूल्यभन्दा निकै बढी मूल्यमा थोकमा खरिद गरेको पाइएको हो ।

आत्मालोचना गर्न रामकुमारीलाई एक हप्ताको समय थप

नेकपा (एकीकृत समाजवादी) ले पार्टीकी नेता रामकुमारी झाँक्रीलाई आत्मालोचनाका लागि थप एक हप्ताको समय दिएको छ।

शीर्षक, लेखका वा ट्यागमा खोज्नुहोस्