११ चैत्र २०८२ बुधबार
image/svg+xml
कला

‘यम बराल कन्सर्ट’ आज

आज नेपाल प्रज्ञा प्रतिष्ठानको हलमा ‘यम बराल: हिस्टोरिकल सोलो लाइभ इन कन्सर्ट’ हुने भएको छ। करिब २५ वर्षपछि हुन लागेको एकल गायन साँझका लागि आफू उत्साहित रहेको गायक यम बरालले बताए।

‘कार्यक्रमका लागि तयारी पूरा भएको छ। दुई चरणमा गरी भोलि २०-२५ वटा गीतहरू लाइभ ब्यान्डमा प्रस्तुत गर्नेछु,’ उनले भने, ‘यो एकल साँझ सांगीतिक क्षेत्रका लागि सन्देश पनि हुने आशा लिएको छु। साथै यसले मेरा स्रोता-दर्शकलाई मनोरञ्जन गराउने विश्वास छ।’

‘बादलुको घुम्टो’ गीतबाट स्थापित भएका गायक बरालले कार्यक्रमको पहिलो चरणमा सुगम संगीत र दोस्रो चरणमा फिल्मी तथा अन्य फास्टबिटका गीत प्रस्तुत गर्ने जनाइएको छ। बरालका निष्ठुरीले छाडेर गइहाली, अब चोटहरूले, मन रहे पो मायाप्रीति, तिम्रो हाम्रो चिनारी, माया बस्यो मुटुमा, दिलमाया दिलमाया लगायत दर्जनौं गीत लोकप्रिय छन्।

प्रकाशित: १८ कार्तिक २०८० ०५:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App