७ चैत्र २०८२ शनिबार
image/svg+xml
कला

तिमीलाई कसले फर्कायो?

कविता

फाइल तस्वीर

अ-आ-इ-ई छाडेर आन्दोलनमा आएथ्यौ

यताउति पढाएर तिमीलाई कसले फर्कायो

विद्यार्थीले सोध्दा हुन् के के ल्यायौ गुरुबा

नाजवाफ  तिमीलाई स्कुल कसले फर्कायो?

 

डस्टर बोकी विधेयकका बुँदा  मेट्न  आएथ्यौ

आफ्नै ढाडलाई बोर्ड बनाई सहमति गरेछौ

आन्दोलनको आगो बाली तातो पानी नुहाउने भन्थ्यौ

वार्ताको चिसो पानी छ्याप्दै कसले फर्कायो?

 

यसको हैन उसको मात्र अधिनमा बस्ने भन्थ्यौ

जायज माग पूरा गर नत्र दरबार घेर्छौ भन्थ्यौ

राजनीतिको अधिनमा तिमीलाई कसले बसायो,

आन्दोलनलाई आधा छाडी तिमीलाई कसले फर्कायो?

 

अन्धकारमा बाटो पहिल्याउने गुरु तिमी

अनायासै अँध्यारोमा तिमीलाई कसले घुमायो

प्रमिथसको हुल बनी आगो लिन आएथ्यौ

खरानीको धुलो बोकाई तिमीलाई कसले फर्कायौ?

प्रकाशित: १२ आश्विन २०८० ०३:३७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App