२६ आश्विन २०८१ शनिबार
image/svg+xml
कला

दुर्व्यसन न्यूनीकरण र मानव बेचबिखनविरुद्ध तीज

फाइल तस्वीर

तीजका कार्यक्रम मनोरञ्जनात्मक मात्र होइन सन्देशमूलक र सामाजिक कार्यमा सहयोग पुर्‍याउने खालका हुँदै आएको सरोकारवालाले बताएका छन्। बाँकेको कोहलपुरस्थित हल्दारपुरमा सोमबार आयोजित तीज विशेष लागुऔषध दुव्र्यसन न्यूनीकरण तथा मानव बेचबिखन, ओसारपसारविरुद्ध सचेतनामूलक कार्यक्रममा बताइएको हो।

तीजमा मानिसको जमघट हुने भएकाले मनोरञ्जनसँगै सन्देशमूलक तीज विशेष कार्यक्रम आयोजना गरिएको समाज सेवा संस्थाका केन्द्रीय अध्यक्ष विनोद थापाले जनाए।

समाज सेवा संस्था कोहलपुुरको आयोजनामा उक्त कार्यक्रम गरिएको हो। कार्यक्रममा लागुऔषध प्रयोगले हुने क्षति र कसरी मानव बेचबिखनबारे सचेतना सन्देश दिइएको थियो।  

प्रकाशित: २ आश्विन २०८० ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App