१५ असार २०८१ शनिबार
image/svg+xml
कला

पौड्यालको ‘बुद्धकालीन समाज’ सार्वजनिक

पूर्वबैंकर उमाकान्त पौड्यालको अनुसन्धनात्मक कृति ‘बुद्धकालीन समाज’ सार्वजनिक भएको छ।

बुद्ध परिनिर्वाणलगत्तै सङ्ग्रह र सम्पादन गरिएकाले पालि भाषामा सङ्कलित बुद्धवचन प्रामाणिक एवम् विश्वसनीय मानिन्छ। यो पुस्तक पनि पालि त्रिपिटकका आधारमा लेखिएको छ। नेपाली भाषामा बुद्ध र तत्कालीन परिस्थितिबारे पालि त्रिपिटकका आधारमा प्रामाणिक जानकारी दिने पुस्तक थोरै रहेको पुस्तकका लेखक पौड्याल बताउ“छन्।

‘स्नातकोत्तर अध्ययनका सिलसिलामा म आफैले यस्तो अनुभव गरेको छु। अध्ययनका क्रममा धेरैजसो हिन्दी र अङ्गे्रजीमा लेखिएका किताबले नै मैले काम चलाउनुपरेको थियो,’ उनले भने, ‘तर यस्ता पुस्तक नेपाली भाषामा पनि भइदिए यस विषयमा जानकारी चाहने जिज्ञासुलाई राहत महसुस हुँदो हो भन्ने मलाई लागिरहन्थ्यो।’

पुस्तकमा लेखकले बुद्धकालीन समाजका विविध पक्षको उद्घाटन गरेका छन्। त्यसैगरी बौद्ध धर्मका पारिभाषिक शब्दको व्याख्या गरी तिनलाई सरल भाषाशैलीमा प्रस्तुत गरेका छन्।  

पुस्तकबारे इतिहासविद् डा. महेशराज पन्त भन्छन्, ‘पुस्तक राम्रो छ, अहिलेको समयमा यसरी अनुसन्धान गरी कमै पुस्तक लेखिन्छन्। किताबमा पालि भाषाको जस्ताको तस्तै अनुवाद भने खट्किन्छ। जस्ताको तस्तै अनुवाद पढ्न पाएको भए सुनमा सुगन्ध हुन्थ्यो।’

पालि त्रिपिटकका आधारमा लेखिएको बुद्धकालीन समाज फाइनप्रिन्ट बुक्सले प्रकाशन गरेको हो ।

प्रकाशित: ९ भाद्र २०८० ०४:१३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App