११ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
कला

अविश्रान्त स्काउट यात्रा सार्वजनिक

नेपाल स्काउटका राष्टिय प्रशिक्षक रामगोपाल कर्माचार्यद्धारा लिखित अविश्रान्त स्काउट यात्रा नामक संस्मरण शनिबार भक्तपुरमा एक कार्यक्रमवीच सार्वजनिक भएको छ। पुस्तकको नेपाल स्काउटका पूर्व मुख्य आयुक्त वरिष्ठ स्काउटर रामवदन जोशीले गरेकी छिन्।  

पुस्तक एक सय ६० पृष्ठको छ। पुस्तक दुई खण्डमा विभाजित छन्। पहिलो खण्डमा रामगोपालका दृष्टिमा स्काउट र दोश्रोमा स्काउटरहरुका दृष्टिमा रामगोपाल रहेका छन्। पहिलो खण्डमा लेखक कर्माचार्यले स्काउटकाबारेमा लेखेका १५ वटा लेखहरु संकलित छन्। 

दोश्रो खण्डमा विभिन्न स्काउटरहरुले रामगोपालकाबारेमा लेखिएका एकएक गरी १९ वटा लेखहरु समावेश छन्। पुस्तकको प्रकाशन कमलाभक्त प्रकाशन मिवाछें भक्तपुरले गरेको हो। पुस्तकको सम्पादन जीवननाथ अधिकारी र महेन्द्रगोपाल कर्माचार्यले गरेका छन्। पुस्तक विमोचन कार्यक्रमको सभापतित्व प्रकाशक कमलाभक्त प्रकाशन मिवाछें भक्तपुरका अध्यक्ष भक्त राजभण्डारीले गरेका थिए। पुस्तकको मूल्य तीन सय पाँंच रुपैयाँं राखिएको छ।

प्रकाशित: २ भाद्र २०८० १६:०६ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App