coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

विद्रोहले दिएको ऐँठन

पुस्तक

कुनै कुनै किताब पढ्दा एकै दिनमा सकौंजस्तो लाग्छ। कुनै किताब घरि घरि पढिन्छ, कुनै किताबमा चिनो लगाएर फेरि त्यही दोहोर्‍याइन्छ। विवेक ओझाले लेखेको उपन्यास ‘ऐँठन’ पढ्दा त यसरी ‘ऐँठन’ भयो कि उपन्यास सिध्याउन एक हप्ता लाग्यो।

प्रत्येक नेपालीले पछिल्लो तथाकथित जनयुद्धका बेला थाहा पाएका, बुझेका, अनुभव गरेका कुरालाई विवेकले काल्पनिक बनेर लेखेका छन् तर पढ्नेलाई थाहा हुन्छ–यो दस्ताबेज हो, नेपालीले भोगेको कालरात्रिको।

कुनै कुनै किताब पढ्दा एकै दिनमा सकौंजस्तो लाग्छ। कुनै किताब घरि घरि पढिन्छ, कुनै किताबमा चिनो लगाएर फेरि त्यही दोहोर्‍ याइन्छ। विवेक ओझाले लेखेको उपन्यास ‘ऐँठन’ पढ्दा त यसरी ‘ऐँठन’ भयो कि उपन्यास सिध्याउन एक हप्ता लाग्यो।

यसमा गजबको स्वैरकल्पना छ, तर त्यो कल्पना पनि वास्तविक घटनाहरूबाट नै प्रेरित छ भन्ने बुझ्न सकिन्छ। यहाँ विद्रोहीले गरेको अत्याचारका घटनालाई देखाउँदा लाग्छ–दोस्रो विश्वयुद्धका बेला नाजीहरूले यसरी नै यहुदीलाई अत्याचार गरेर थिलो थिलो पारेका होलान्। विद्रोहीहरूले गरेको अत्याचारका साथै सेनाले गरेका अत्याचार, बलात्कार, मानवतालाई लज्जित पार्ने थुप्रै घटनाहरू पनि छन्। उपन्यास पढ्दा एक वा दुई बसाइमा त पढ्नै सकिनँ मैले। पढ्दा पढ्दा पढ्दै ‘तनाब’ भयो। एक दिनसम्म त्यसै राखें, अनि फेरि पढ्ने जमर्को गरें।  

शिक्षकको भनाइबाट सुरु

एक शिक्षकलाई ‘धोकेबाज’ भनेर आफूसँगै ठाउँ ठाउँमा विद्रोहीहरूले हिँडाउँदै लग्दा ती शिक्षकले ‘विद्रोहीहरूका वास्तविक अनुहार देखे। कथा पढ्दै जाँदा यस्ता घटनाहरू भेटिन्छन्, जुन सत्य हुन् भन्ने हामीलाई थाहा छ, यद्यपि मनमा मान्छेले मान्छेलाई यस्तो अत्याचार गर्न सक्छ भन्ने प्रश्न उत्पन्न भइरहन्छ।

बाटोमा हिँडाउँदा हिँडाउँदै विद्रोहीहरू एउटा घरमा पस्छन्। एउटी तीस वर्षकी महिलाका श्रीमान्लाई विद्रोही भनेर सैनिकले मारेका रहेछन्। ती महिला स्वेत वस्त्रमा थिइन्। विद्रोहीले ती महिलालाई किरियामा सेतो वस्त्रको सट्टा रातो लुगा लगाउन आदेश दिन्छन्। ‘मलाई मेरो रीति मान्न दिनुस्’ ती महिलाले भन्दा शशी नामक विद्रोहीले भन्छन्, ‘विधुवाले रातो लगाउँदैनन् भनेर कहीं कुनै शास्त्रमा लेखिएको छ भने त्यो शास्त्र नै जलाउँछु।’

(पृ. ११४) त्यो पढ्दा लाग्यो–तिनै विद्रोहीहरू अहिले त ठाउँ ठाउँमा ‘शास्त्र र संस्कृतिको’ महिमा गाएर हिँड्दै छन्। त्यसरी सेतो वस्त्र लगाउन आज्ञा दिएपछि त ती महिलालाई ‘युद्धमा’ होमिन पनि तयार पारेछन्।

‘छापामारहरूले घर बिदामा आएका प्रहरीलाई बन्दी बनाएर आफूसँगै लग्छन्। आँखामा पट्टि बाँधेर प्रहरीले ‘मेरो घरमा साना छोराछोरी छन्। म प्रहरीको जागिर छोडिदिन्छु। मलाई केही नगर्नुस्’ भन्दा पनि ती प्रहरीलाई विद्रोहीले नाङ्गै पारेर जिउभरि काटेर उसको पीडामा आनन्द लिए। बन्दीको छातीबाट रगतको मूल फुट्यो। केही रगतका धर्का तिघ्रा हुँदै पैतालासम्म पुगे।

बाटोमा हिँडाउँदा हिँडाउँदै विद्रोहीहरू एउटा घरमा पस्छन्। एउटी तीस वर्षकी महिलाका श्रीमान्लाई विद्रोही भनेर सैनिकले मारेका रहेछन्। ती महिला स्वेत वस्त्रमा थिइन्। विद्रोहीले ती महिलालाई किरियामा सेतो वस्त्रको सट्टा रातो लुगा लगाउन आदेश दिन्छन्।

‘यसको दायाँ हत्केला काट्नुस्। जुन हातले हाम्रा लागि ट्रिगर थिचेको छ। (११६), एकै प्रहारमा हत्केलो च्वाट्ट छिनालियो। छुट्टिएको हत्केलो त्यो भिरालोमा केही तलसम्म ढलपलियो। (१६८)’ यस्ता घटना पढ्दा लाग्यो–नाजीहरूले पनि यहुदीहरूलाई समातेर  मार्थे तर यहुदीलाई त गोली हानेर एकैचोटि मार्थे। यसरी पीडा दिएर नाजीहरूले पनि यहुदीलाई सायद मारेका थिएनन् कि?

शिक्षक छापामारसँग हिँडिरहन्छ। उनीहरूले गरेको अत्याचार देखिरहन्छ। कुनै कुनै छापामार चाहिँ ‘दयालु’ पनि हुँदारहेछन्। छापामारहरूले दोहोरी पनि खेल्ने गर्दा रहेछन्।

केही छापामारले चाहिँ आफूले समातेका महिलासँग यौन सम्पर्क गरेपछि लौ अब आफ्नो घर जाऊ भनेर छोडिदिएको घटना पनि शिक्षकले देखेका रहेछन्। शिक्षकको नाम बबन रहेछ। बबनकी श्रीमती र छोराको मृत्यु सेना र विद्रोहीका बीचमा भिडन्त हुँदा भएको रहेछ। तिनलाई राम्रोसँग सत्गत पनि गर्न नपाउँदै छापामारले बन्दी बनाएर लगेछन्। कहिले कहिले त कुनै छापामारले छोडिदिन्छ कि भन्ने आशा पनि उनलाई रहेछ, तर उनलाई छोडिएन। छापामारहरूको अत्याचार हेर्दै उनी हिँडिरहे। यहाँ एक छापामारलाई युद्धमा गोली लागेर बाँच्ने सम्भावना नहुँदा अर्को छापामारले ‘सासकै नाममा त्यो तड्पाउन खोज्नु गलत हुन सक्छ भन्दै गोली हान्दा बबनले हेरिरहेको दृश्य पढ्दा पनि मन भरंग हुन्छ।

शिक्षक छापामारसँग हिँडिरहन्छ। उनीहरूले गरेको अत्याचार देखिरहन्छ। कुनै कुनै छापामार चाहिँ ‘दयालु’ पनि हुँदारहेछन्। छापामारहरूले दोहोरी पनि खेल्ने गर्दा रहेछन्।

बबनलाई मानसिक समस्या भएर अस्पतालमा राखिन्छ। उनले आफूले देखेभोगेको  पीडा डाक्टरलाई भन्छन्। सैनिकहरूले प्रायः १५ दिनको फरकमा बन्दीलाई दौडाउँदै गोली ठोक्छन्। केटी, युवती वा महिलालाई पालैपालो बलात्कार गर्छन्। बालिकालाई समेत छोड्दैनन्। सैनिकले बन्दीलाई खाजा भन्दा रहेछन् भनेर बबनले अरू बन्दीसँग कुरा गर्दा बुझ्छन्।

‘क्याप्टेनको आदेशसँगै सैनिकले हामीलाई अबाउट टर्न घुमाएर फर्काउन थाले। बल्ल बन्दुकले भुटिने कुरामा म पक्का भएँ। मैले पैसा दिन सक्छु भनेपछि सैनिकले मलाई क्याप्टेनको कोठातर्फ फर्कायो। कोठाको पल्लो कुनामा खटियामा नग्न युवती घोप्टो परेर कनकनाइरहेकी थिई।’ यस्ता मर्मस्पर्शी सन्दर्भ उपन्यासभित्र अनेकौं छन्।

ऐँठनको अन्त्यमा

जनयुद्धपछि सत्तामा पुगेका छापामारहरूले देशमा खासै तात्त्विक परिवर्तन ल्याउन नसकेको कुरा किताबमा स्पष्ट छ। पीडा–वेदनाले मानसिक समस्या भएर तडपिएका अनेक व्यक्तिको कथा उपन्यासमा छ। द्वन्द्वमा पिल्सिनेहरू साधारण दुःखी जनता हुन्छन् र तिनीहरू सधैं एक छाक खान तड्पिरहेका छन्। यो किताबमा यस्ता धेरै कथा छन्। धेरै कथा सिलसिलाबद्ध रूपमा गाँसिएर आएका छन्। समाज शास्त्रका अध्येता, शिक्षक, छापामार, सैनिकवर्गले पढ्नैपर्ने पुस्तक हो ऐँठन। 

प्रकाशित: २० श्रावण २०८० ०२:५० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App