तपाईंसँग जुनकुनै मूर्ख व्यक्ति रहेछ भने पनि उसलाई ‘ओहो बाबु! तिमी कति बुद्धिमानी, कति ज्ञानी, कति राम्रो हुन सकेको होला। आहा! तपाईंलाई भगवान्ले सारै राम्रो बनाएका हुन्’ भन्नोस् त, त्यो व्यक्ति त्यसै मैन भएर पग्लन्छ। यो कुरा हामीलाई हाम्रा पुर्खाले हाम्रो भाषाका माध्यमबाट सिकाएका हुन्।
जुन थालमा खान्छौं त्यही थालमा चुठ्छौं’ त्यहाँभन्दा ठुलो घात र बेइमान अर्को कुनै हुन सक्दैन। त्यसैले हाम्रा बाआमा, जिजुबाजे परिवारदेखि सबैले हामीलाई भन्दै आए–ए नानीबाबु! आफूले खाएको थालमा चुठ्ने काम कहिल्यै नगरे है। त्यसपछि हामीले खाएको थालमा कहिल्यै चुठ्ने काम गरेनौं। यो एउटा सानो उदाहरण हो। यस्ता उदाहरण हाम्रो समाजमा धेरै छन्। यसले हाम्रा पुर्खाहरू ज्ञानका कस्ता भण्डार रहेछन् भन्ने देखाउँछ। अहिले आएर गर्व लाग्छ–ओहो! हामी त अद्भुत ज्ञानीका सन्तान पो रहेछौं।
जे कुरा पनि एकदम बुद्धि पुर्याएर सतर्क भएर गर्नुपर्छ है, कतै तलमाथि पर्ला नि भन्ने थियो। हामीले जान्दासम्म मातृदेवो भव, पितृदेवो भव, अतिथि देवो भव, साँझमा आएका पाहुनालाई आफूले नखाएर पनि तिनलाई मिठो मिठो खुवाएर पठाउनुपर्छ भन्ने हाम्रो संस्कार थियो। यो कुरा सब हामीलाई हाम्रो भाषा संस्कृतिले सिकाएको हो।
यहाँ हाम्रो भाषाको उत्खनन गर्न खोजिरहेको छु। यसमा सबैको ध्यान जाओस् भन्ने ध्येय हो। भाषाका बारेमा यसप्रकारका बहस धेरै भइसकेका छन् तर पनि कतैबाट सुनुवाइ भएकोजस्तो लाग्दैन। भाषाका बारेमा एक मिनेट हामी सबैले गहिरिएर सोचौं त।
पारि गाउँमा गाउँका एकजना गन्यमान्य विचारी बा हुनुहुन्थ्यो। उहाँले हामीजस्ता साना बच्चालाई ‘नानीबा’ भन्नुहुन्थ्यो। घरमा सबै बसिरहेको ठाउँमा उहाँले मलाई गोडामा टाउको राखेर ढोग्ने गर्नु हुन्थ्यो। म १० वर्षको थिएँ होला। ओहो! कत्रो आदर्श। त्यत्रो गाउँको गन्य मान्य विचारी बाले मजस्तो बच्चालाई गोडैमा टाउको राखेर ढोग्नुभयो भने मैले पनि ढोग्नुपर्छ भन्ने विचार मेरो मस्तिष्कमा स्वतः फूर्त आयो। यो सबै हामीलाई हाम्रो भाषा–संस्कृतिले सिकाएको हो। कति महान् छ हाम्रो भाषा! यस्तो संस्कार नपाएकालाई यो भाषाको कुनै मतलब हुँदैन। त्यो बेलाका कुरा सम्झँदा अहिले मलाई एक्लै बसेर रुन मन लाग्छ। यसको मतलब सधैं सबैलाई ढोग्नुपर्छ भन्न खोजेको होइन, त्यो आदर्श मनन गर्नुपर्छ भनेको हुँ।
जे कुरा पनि एकदम बुद्धि पुर्याएर सतर्क भएर गर्नुपर्छ है, कतै तलमाथि पर्ला नि भन्ने थियो। हामीले जान्दासम्म मातृदेवो भव, पितृदेवो भव, अतिथि देवो भव, साँझमा आएका पाहुनालाई आफूले नखाएर पनि तिनलाई मिठो मिठो खुवाएर पठाउनुपर्छ भन्ने हाम्रो संस्कार थियो। यो कुरा सब हामीलाई हाम्रो भाषा संस्कृतिले सिकाएको हो।
यो संसारमा जति पनि भत्किने, बिग्रिने, सप्रिने जे छ, त्यो सबै भाषाकै माध्यबाट हो। तपाईभित्र जतिसुकै कालकुट विष रहोस्, तपाईंसँग जुनकुनै मूर्ख व्यक्ति रहेछ भने पनि त्यसलाई ‘ओहो बाबु ! तिमी कति बुद्धिमानी, कति ज्ञानी, कति राम्रो हुन सकेको होला। आहा! तपाईंलाई भगवान्ले सारै राम्रो बनाएका हुन्’ भन्नोस् त, त्यो व्यक्ति त्यसै मैन भएर पग्लन्छ। यो कुरा हामीलाई हाम्रा पुर्खाले हाम्रो भाषाका माध्यमबाट सिकाएका हुन् र हामीले जानेका हौं।
आज हामीलाई यस्तो भाषाको पटक्कै ज्ञान भएन र यस्ता कुराको आज हामीलाई वास्ता नै छैन। एक किसिमले हामी पटमूर्ख भइरहेका त छैनौं? आज हाम्रो समाजमा भ्रष्टाचार व्यापक भयो र आज आफ्ना आमाबाबुलाई हेलाँ गर्ने प्रवृत्ति बढेर गइराखेको छ भनिन्छ, यो सबै भाषाकै करामत हो।
आज लेकमा बस्ने मान्छे बक्खु ओढेर हिँड्छन्, तराईमा बस्ने मान्छे एउटा पातलो धोती लगाएर हिँड्छन्। यो वातावरणको प्रभाव हो। हावापानी, समाज जस्तो छ, त्यस्तो नभैकन सुखै छैन। यी सबै कुरा हाम्रो भाषाले सिकाओस्, हाम्रो समाज त्यहीअनुसार चल्न करै लाग्छ।
त्यसैअनुसार नचली सुखै छैन। यो कुरा स्मरण रहोस्–पहिला पहिला भ्रष्टाचार नहुने होइन, हुन्थ्यो तर एकदम डराएर कताकति छिटपुट हुनेगथ्र्यो। अहिले हाकाहाकी भ्रष्टाचार गरिराखेका छन्। जुन समाजमा विकृति–विसङ्गति बढेर गइराखेका छन्, यो सबै हाम्रो भाषा ह्रास भएर गएका कारणले नै हो। नीतिको एउटा श्लोक छ ‘मातृवत पर दाह्षुु लोष्टवत आत्मावत सर्वभुतेषु यपस्यति सपण्डित’।
आज हामीलाई यस्तो भाषाको पटक्कै ज्ञान भएन र यस्ता कुराको आज हामीलाई वास्ता नै छैन। एक किसिमले हामी पटमूर्ख भइरहेका त छैनौं? आज हाम्रो समाजमा भ्रष्टाचार व्यापक भयो र आज आफ्ना आमाबाबुलाई हेलाँ गर्ने प्रवृत्ति बढेर गइराखेको छ भनिन्छ, यो सबै भाषाकै करामत हो।
यस्ता नीति जानेको मान्छेले कुनीति कुरीति गर्नै सक्दैन। कतैबाट यस्तो काम हुन सक्छ भन्ने उत्तर आउन सक्छ। असल विद्वान्ले त्यस्तो काम गर्दैनन्, खराब विद्वान्ले त्यस्तो काम गर्छन् भने त्यो विद्वान् नै रहँदैन।
यो संसार एउटै घरआँगन हुँदै गइरहेका बेला हामीले एक अर्काको समस्या कसरी बुझ्न सकिएला? हामी एउटाले भनेको कुरा अर्काले बुझ्न सक्दैनौं भने के गर्ने? यस विषयमा ठुलो बहस भयो। जहाँ पनि शक्तिकै बोलवाला हुन्छ। यो ध्रुवसत्य नियम नै हो। गाउँका जिम्मावाल बाले सर्वसाधारणलाई किन शोषण गर्छन्? धनीले गरिबलाई अनगिन्ती प्रश्न उठाउन सक्छन्। सबै भाषाकै परिणति हो। संसारको कुनै भाषा विश्वभाषा बनाउने कुरा उठ्यो। यसर्थ अङ्ग्रेजी भाषा नै विश्वभाषा बनाउने तय भयो। तब सबैलाई विश्वभाषा पढाउन थालियो।
संसारमा आफूले आफूलाई नराम्रो कसले भन्छ र? अनि संसारको सर्वश्रेष्ठ भाषा यही नै हो भनेर पढाउन थालियो। विश्वको बुझाइ नै त्यही भयो। विश्वलाई नै तिनीहरूले आफ्नो मोडेलमा ढाले अनि कहाँ कहाँ कसकसको के छ? त्यसको पनि खोजीनीति हुँदै गयो।
बिस्तारैबिस्तारै खोजीनीति हुँदै जाँदा विश्वको सबैभन्दा पुरानो भाषा संस्कृति पो रहेछ र सबैभन्दा पुरानो धर्म हिन्दु रहेछ भन्ने कुरा पत्ता लाग्यो। अब त्यहाँभित्र केके छ? व्यापक खोजी हुँदै गयो। खोज्दै जाँदा पुष्प किसानको सट्टा वायुयान बनाए, अग्न्यस्त्र ब्रह्मास्त्रको सट्टा अनेकौं क्षेप्यास्त्र बने। विभिन्न अणुपरमाणु बम बनाए, त्रिलोक चौध भुवनको सट्टा चन्द्रलोक, मंगलग्रह आदि पत्ता लगाए। अझै खोजी भइरहेको छ। अरू बेलामा के गरे थाहा छैन तर ट्रम्पका पालामा संसद् सुरु गर्दा हाम्रो वेद पाठ गराएर संसद् सुरु गरेका थिए।
आज आएर हाम्रो भाषासंस्कृति नै विश्वको सर्वश्रेष्ठ भाषामा गनिन गएको छ। आज सबै देशमा भाषासंस्कृतिको महत्व रहेछ भनेर फर्किन थालेका छन्। जर्मन, भारतजस्ता विकसित देशमा ठुला ठुला विद्वान्हरू संस्कृतमा नै बातचित गर्ने गर्छन्, संस्कृतमा नै समाचार भन्ने गरिन्छ, विभिन्न पुराणको सिरियल बनाएर देखाइएको छ। यो संसार चराचर जगत्मा कता के रहेछ भन्ने कुरा त्यही संस्कृत भाषाको माध्यमबाट पत्ता लगाउँदै गएको पाइन्छ।
संसारमा आफूले आफूलाई नराम्रो कसले भन्छ र? अनि संसारको सर्वश्रेष्ठ भाषा यही नै हो भनेर पढाउन थालियो। विश्वको बुझाइ नै त्यही भयो। विश्वलाई नै तिनीहरूले आफ्नो मोडेलमा ढाले अनि कहाँ कहाँ कसकसको के छ? त्यसको पनि खोजीनीति हुँदै गयो।
यस्तो महत्वपूर्ण भाषा–जननी रहेको हाम्रो नेपाली भाषा पनि कम महत्वपूर्ण र वैज्ञानिक छ भन्न सकिन्न।
नेपाली भाषाका अक्षर अक्षरले गरिमा बोकेका छन्, जसमा स्वरवर्ण १६ (सोह्र) र हलन्त वर्ण ३६ (छत्तीस) गरी जम्मा अक्षर ५२ (बाउन्न) हुन आउँछन्। स्वर वर्ण नमिलाईकन अक्षर पूरा उच्चारण नहुने हुनाले हलन्तमा स्वरवर्ण मिलाएपछि जम्मा अक्षर ३६ (छत्तीस) र त्यसमा ऋ, ऋ, लृ, लृ थप्दा जम्मा अक्षर ४० (चालीस) हुन आउँछन्।
हाम्रा यो नेपाली अक्षर किन कसरी महत्वपूर्ण छन् त? हाम्रा यी चालीस अक्षरले यति महत्व बोकेका छन्, यति वैज्ञानिक तबरले पैदा भएका छैनन् संसारमा कसैका अक्षर। त्यसकारण हामीले आफ्नो महत्ता आफैले उच्च बनाउनुपर्छ।
क, ख, ग, घ, ङ, ह उच्चारण हुँदा घाँटीबाट आवाज आउने भएकोले यिनको नाम कण्ठस्थान राखियो। च, छ, ज, झ, ञ, य, श, उच्चारण गर्दा जिब्रो तालुमा ठोक्किने भएकाले यी अक्षर तालुस्थानबाट उत्पन्न भएका हुन भनियो। ऋ, ट, ठ, ड, ढ, ण, ष, र उच्चारण हुँदा जिब्रो दाँतदेखि उता र तालुदेखि यता ठोक्किने भएकाले यिनलाई मूर्धास्थान राखियो।
नेपाली भाषाका अक्षर अक्षरले गरिमा बोकेका छन्, जसमा स्वरवर्ण १६ (सोह्र) र हलन्त वर्ण ३६ (छत्तीस) गरी जम्मा अक्षर ५२ (बाउन्न) हुन आउँछन्। स्वर वर्ण नमिलाईकन अक्षर पूरा उच्चारण नहुने हुनाले हलन्तमा स्वरवर्ण मिलाएपछि जम्मा अक्षर ३६ (छत्तीस) र त्यसमा ऋ, ऋ, लृ, लृ थप्दा जम्मा अक्षर ४० (चालीस) हुन आउँछन्।
त्यस्तै लृ, लृ, त, थ, द, ध, न, ल, स उच्चारण गर्दा जिब्रो दाँतमा ठोक्किने भएकाले यिनलाई दन्त स्थानबाट पैदा भएका हुन् भनेर नाम राखियो।
उ, ऊ, प, फ, ब, भ उच्चारण गर्दा हाम्रा दुवै ओठ ठोक्किने भएकाले यिनको नाम ओष्ठ्य स्थान राखिएको छ। त्यस्तै ञ, म, ङ, ण, न उच्चारण गर्दा नाकेस्वर आउने भएकाले अनुनासिक स्थान राखियो।
यसरी हाम्रा अक्षरहरूको वर्गीकरण गरेर देखाइएको छ। जसरी मुखबाट व्यक्त गरिन्छ, त्यसको भाव हृदय र मस्तिष्कले महसुस गर्छ। यस्तो महत्वपूर्ण वैज्ञानिक भाषालाई तोडफोड गरेर रछ्यानमा फालिएको लुँडोजस्तो बनाएर बिगार्ने काम गरिएको छ। ज्ञान, बुद्धि सिप, मानिसको जीवनजगत् भाषामा नै अडिएको छ। यस्तो भाषालाई सिद्ध्याउने जुन प्रपञ्च रचिएको छ, यो भाषाप्रति घोर अन्याय भएको महसुस भइरहेको छ।
प्रकाशित: २० श्रावण २०८० ०१:२३ शनिबार