१६ चैत्र २०८० शुक्रबार
कला

‘सिंहदरवारः राणा शासनको उदय र पतन’ सार्वजनिक

काठमाडौं—नेपाली कांग्रेसका पुराना नेता सागर शमशेर राणाद्वारा लिखित पुस्तक ‘सिंहदरवारः राणा शासनको उदय र पतन’ को विमोचन गरिएको छ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा पूर्वराष्ट्रपति रामवरण यादवले पुस्तक विमोचन गरे। १ सय ३ वर्षे जहाँनियाँ राणाशासनको उदयदेखि वि.सं. २००७ सालसम्मको राजनीतिक परिवर्तनसम्मका विभिन्न कालखण्डलाई राणाले आफ्नो पुस्तकमा समेटेका छन्।

पुस्तक विमोचनपछि बोल्दै पूर्वराष्ट्रपति यादवले उक्त पुस्तक एउटा सिङ्गो इतिहास समेटेको टिप्पणी गरे। ‘यो पुस्तक महत्वपूर्ण दस्तावेज हो र भावी पुस्ताका लागि तथ्यपरक इतिहास पनि हो’, उनले भने।

पुस्तक माथि टिप्पणी गर्दै कांग्रेस नेता एवम् विचारक प्रदीप गिरिले सिंहदरवार आफैँमा उत्कृष्ट कृति भएको उल्लेख गरे। स्वयम् लेखक राणा परिवारको सदस्य भएका कारण पनि अरु भन्दा यो पुस्तकको महत्व बढी भएको उनको भनाइ थियो।

बरिष्ठ पत्रकार कुन्द दीक्षितलगायतले पुस्तकमाथि टिप्पणी गरेका थिए।

प्रकाशित: २६ जेष्ठ २०७४ १४:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App