७ जेष्ठ २०८१ सोमबार
image/svg+xml
कला

दयाहाङले भने: आँचलले मलाई केहि भनेको छैन्,नबुझी गाली नगर्नुस्

अभिनेता दयाहाङ राईले आफूलाई अभिनेत्री आँचल शर्माले केहि नभनेको बताएका छन्।

राईलाई जोडेर सामाजिक सञ्जालमा आएको फेक पोस्ट भाइरल भएपछि उनले यस्तो धारणा सार्वनजीक गरेका हुन्।  

‘अभिनेत्री आँचल शर्माले ‘दयाहाङ राईलाई त्यसले मात्र मन पराउँछ जो अशिक्षित र मूर्ख छ’ भन्दै अन्तर्वार्ता दिएको भन्दै सामाजिक सञ्जालमा राखिएको पोस्टमा मेरो गम्भीर ध्यानाकर्षण भएको छ’, उनले सामाजिक सञ्जालमा लेखेका छन्।

आँचलले अहिलेसम्म आफ्नो बारेमा कतै पनि त्यस्तो बोलेको नसुनेको पनि राईले भनेका छन्।  ‘एउटा कलाकारले गर्दै नगरेको कुरा गर्‍यो भन्नु र बुझ्दै नबुझी गाली गर्नु दुवै चेतनशील मान्छेले गर्ने कर्म होइनन्’, उनले भनेका छन्, ‘त्यसैले सत्य तथ्य नबुझी आँचल वा जोसुकै कलाकारलाई पनि गाली गलौज नगर्न र त्यस्ता भ्रमपूर्ण सामाग्रीहरू प्रसार नगर्नु हुन सबैमा आग्रह गर्दछु।’

यस्तै अभिनेत्री आँचल शर्माले आफ्नो चरित्रमा आँच आउने ढंगले समाचार पोस्ट गरेको भन्दै प्रहरीको साइबर ब्युरोमा उजुरी दिएकी छन्।

प्रकाशित: २४ असार २०८० ०६:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App