coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
कला

पठन संस्कृतिका लागि बालपत्रिका

पठन संस्कृति

वल्लोपल्लो गाउँबाट नागरिकता बनाउन, तिरो तिर्न, पेन्सन लिन, जग्गा पास गर्न सदरमुकाम जानेहरूलाई पत्रिका ल्याइमागिन्थ्यो। कोही पियक्कडले हराइदिन्थे, कोही बिर्सुवाले बिर्सिदिन्थे। पत्रिका ल्याइमाग्दाको पीडा छुट्टै छ। पत्रिका पठनकै उत्कट इच्छाले स्कुल बिदामा उपत्यका आइन्थ्यो। सकेसम्म ती पत्रिका निस्कने अफिसमै गइन्थ्यो। ‘म ओखलढुङ्गाबाट आएको’ भनेपछि ‘ओहो! त्यति टाढाबाट आउनुभएको रहेछ!’ भन्दै कतिपय सम्पादक/प्रकाशकहरूले माया गरेर सित्तैमा पत्रिका दिन्थे।

पहिला पहिला बालबालिकाका लागि पठनीय पत्रिकाहरू धेरै थिए। तीमध्ये कतिपय व्यक्तिगत र कतिपय संस्थागत प्रयासबाट निस्कने गरेका-सुनकेस्रा, बालक, मेला, नौलो प्रतीक, छुनामुना, बालबगैंचा, बाल मञ्जरीको खुब याद आउँछ।

बालक–युवाका लागि ‘नव युवा’ भन्ने पत्रिका पनि ज्यादै प्रिय थियो। पछि, बाल उदय पनि केही अङ्क निस्कियो। कान्तिपुर लगायत दैनिक पत्रिकाहरूले पनि बालपृष्ठ छुट्याउँथे। तिनमा छापिने सामग्री पढेर केटाकेटीहरू धेरै रमाउँथे। केटाकेटीसँगै तिनका अभिभावकहरू पनि रमाउँथे।

पहिला पहिला बालबालिकाका लागि पठनीय पत्रिकाहरू धेरै थिए। तीमध्ये कतिपय व्यक्तिगत र कतिपय संस्थागत प्रयासबाट निस्कने गरेका–सुनकेस्रा, बालक, मेला, नौलो प्रतीक, छुनामुना, बालबगैंचा, बाल मञ्जरीको खुब याद आउँछ।

खै कसरी हो, पढ्ने बानी बसेछ! माथि उल्लिखित कतिपय पत्रिकाको वार्षिक ग्राहक बनेको हुँदा, ढिलोचाँडो ती हुलाकबाटै पनि पुग्थे मेरो ठेगानामा। कुनै महिना बाटैमा हराउँदा कम्ती तनाव हुँदैनथ्यो ! जुन चिज प्राप्त गर्न गाह्रो हुन्छ, त्यसको मूल्य र महत्व अर्कै हुँदो रहेछ।

त्यो बेला यातायातको कठिनाइका कारण पत्रिकाहरू गाउँसम्म पुग्ने कुरै थिएन। रुम्जाटारमा हप्तामा तीनचार फ्लाइट प्लेन आउँथे। तिनैले ल्याएका पत्रिका जिल्ला सदरमुकामसम्म पुग्थे। सातआठ घण्टा पैदल आउजाउ गरेर पत्रिका पढ्न मलाई गाह्रै थियो। (अन्यत्र कतिपय ठाउँमा योभन्दा पनि दुःख थियो होला) वल्लोपल्लो गाउँबाट नागरिकता बनाउन, तिरो तिर्न, पेन्सन लिन, जग्गा पास गर्न सदरमुकाम जानेहरूलाई पत्रिका ल्याइमागिन्थ्यो।

कोही पियक्कडले हराइदिन्थे, कोही बिर्सुवाले बिर्सिदिन्थे। पत्रिका ल्याइमाग्दाको पीडा छुट्टै छ। आफूलाई भने तिनको सम्झनाले राति निद्रा पनि लाग्दैनथ्यो। तिनैको औडाहाले स्कुल बिदामा उपत्यका आइन्थ्यो। सकेसम्म, ती पत्रिका निस्कने अफिसअफिसमै गइन्थ्यो। ‘म ओखलढुङ्गादेखि आएको’ भनेपछि, ‘ओहो! त्यति टाढादेखि आउनुभएको रहेछ!’ भन्दै कतिपय सम्पादक/प्रकाशकहरूले माया गरेर सित्तैमा पत्रिका दिन्थे। बाँकी किनिन्थ्यो।

खै कसरी हो, पढ्ने बानी बसेछ! माथि उल्लिखित कतिपय पत्रिकाको वार्षिक ग्राहक बनेको हुँदा, ढिलोचाँडो ती हुलाकबाटै पनि पुग्थे मेरो ठेगानामा। कुनै महिना बाटैमा हराउँदा कम्ती तनाव हुँदैनथ्यो! जुन चिज प्राप्त गर्न गाह्रो हुन्छ, त्यसको मूल्य र महत्व अर्कै हुँदो रहेछ।

पढ्न बानी परेकालाई किताब किन्दा र जम्मा गर्दा प्राप्त हुने खुसी नै सबैभन्दा विशेष हुन्छ। किताब तथा पत्रिकाको चहारी गर्दै जाँदा मलाई थकाइ लाग्दैनथ्यो, भोक लाग्दैनथ्यो, लोभ लाग्दैनथ्यो। दिनदिनै जम्मा गरिएका नयाँनयाँ पत्रिकालाई म एकेक गरी मुसार्थें अनि मिलाएर बोरामा/झोलामा कोच्थें। सकी नसकी बोकेर यता र यति गर्थें। ‘पत्रिकाहरू त जति पाए पनि बोकिहाल्छु नि !’ भन्ने लाग्थ्यो।

बेला न कुबेला सोध्दैखोज्दै फोनै नगरीकन कतिपय साहित्यकारहरूको घरघरै गएर दुःख दिन्थें। ‘म ओखलढुङ्गादेखि आएको’ भनेपछि उहाँहरूलाई फुर्सद नभए पनि मसँग बोल्न करै लाग्थ्यो।

पढ्न बानी परेकालाई किताब किन्दा र जम्मा गर्दा प्राप्त हुने खुसी नै सबैभन्दा विशेष हुन्छ। किताब तथा पत्रिकाको चहारी गर्दै जाँदा मलाई थकाइ लाग्दैनथ्यो, भोक लाग्दैनथ्यो, लोभ लाग्दैनथ्यो।

‘राम्रो रचना मिठो नेपाली’ का लेखक तथा प्रसिद्ध साहित्यकार कृष्णप्रसाद पराजुलीको घर सानेपा पुगेर उहाँकै सुपुत्र आदरणीय शाश्वत पराजुलीज्यूको सम्पादनमा निस्कने बालपत्रिका ‘मेला’का केही प्रतिहरू २०५९ साल भदौमा लिएको अझै पनि सम्झना छ।

मुना मासिक

त्यो पत्रिका राम्रो कागजमा निस्कन्थ्यो! कति अङ्क निस्किएर बन्द भयो, थाहा भएन। ‘बालक’ पत्रिका बालमन्दिर नक्साल गएर लिइन्थ्यो। ‘सुनकेस्रा’को कार्यालय कुपन्डोलमा थियो। त्यसले छापिएको रचनाको पारिश्रमिक पनि दिन्थ्यो। विवेक सिर्जनशील प्रकाशन गएर आदरणीय विजयराज आचार्यज्यूको सम्पादनमा निस्कने बालबगैंचा बोक्न सकेसम्म लिएको पनि एकदशक नाघिसकेछ।

‘राम्रो रचना मिठो नेपाली’ का लेखक तथा प्रसिद्ध साहित्यकार कृष्णप्रसाद पराजुलीको घर सानेपा पुगेर उहाँकै सुपुत्र आदरणीय शाश्वत पराजुलीज्यूको सम्पादनमा निस्कने बालपत्रिका ‘मेला’का केही प्रतिहरू २०५९ साल भदौमा लिएको अझै पनि सम्झना छ।

पहिला अन्तक्रिया प्रकाशनमा बजार व्यवस्थापकका रूपमा कार्यरत श्याम खड्का पछि नौलो प्रतीकको पनि बजार व्यवस्थापक बन्नुभएको थियो। यस पत्रिकाका सम्पादक श्री शारदारमण नेपाल हुनुहुन्थ्यो क्यारे।

‘छुनामुना’को अफिसमा गइएन। ‘बालमञ्जरी’ मेरो वार्षिक ग्राहक नै नसिद्धिईकन प्रकाशन बन्द भएजस्तो लाग्छ। एकदुई अङ्क आएपछि त्यो मेरो ठेगानामै आउन छाड्यो। केही दिन लगाएर राजधानीमा जम्मा गरेका रमाइला रमाइला पत्रिकाहरू कसै गरी बोकेर घर पुर्‍याई विद्यार्थीलाई बाँड्दा कम्ती खुसी हुँदैनथे तिनीहरू! उनीहरूको अनुहारमा देखिएको खुसीले मेरो मन झन खुसी हुन्थ्यो। तर त्यो बेला दुःख पनि लाग्थ्यो जब कोही कोही सरहरू भन्थे, ‘फलाना सरले पत्रिका पढाएर विद्यार्थीहरूलाई बिगार्ने भए!’

अब त माथि उल्लिखित सबै बालपत्रिकाहरू इतिहासमा सीमित भएका छन्।

आजकल समयको दिनचर्या नै फेरिएको छ। सबै कुरा सामाजिक सञ्जाल, गुगल, च्याट जिपिटीमा पढ्न-खोज्न पाइन्छ। गुरुलाई सोध्नुभन्दा गुगलमा खोज्न नै छिटो भएको हुँदा आजकल गुरुको महत्व घटेको छ। यो पनि समयकै विशेषता होला। गुरुभन्दा शिष्य ‘ट्यालेन्ट’ हुन थालेका छन्।

‘छुनामुना’को अफिसमा गइएन। ‘बालमञ्जरी’ मेरो वार्षिक ग्राहक नै नसिद्धिईकन प्रकाशन बन्द भएजस्तो लाग्छ। एकदुई अङ्क आएपछि त्यो मेरो ठेगानामै आउन छाड्यो। केही दिन लगाएर राजधानीमा जम्मा गरेका रमाइला रमाइला पत्रिकाहरू कसै गरी बोकेर घर पुर्‍याई विद्यार्थीलाई बाँड्दा कम्ती खुसी हुँदैनथे तिनीहरू!

पढ्नुपर्ने उपयोगी कुराहरू के हुन् भन्दा पनि खेल्नुपर्ने रमाइला खेलहरू कुन कुन हुन् भन्नेपट्टि आजका बालबालिकाको ध्यान जान थालेको छ। तिनीहरू मोबाइलको ‘याडिक्ट’ हुन थालेका छन्। उनीहरूमा मोबाइल नछोड्ने, किताब नछुने बानी लागेको छ।

यसरी, ‘पढ्नुलेख्नु झ्याउ, मोबाइलमा रमाऊ’का कारण अभिभावकहरू चिन्तित छन्। केटाकेटी मात्र होइन, युवा, वृद्ध सबै हत्केलामै पाइने कोठे मनोरञ्जनमा रमाउँछन् आजकल। त्यसैले, किताबी पढाइप्रति मानिसको रुचि पूरै घटेको छ। धेरै वर्षदेखि चल्दै आएका किताबपसल धमाधम बन्द हुन थालेका छन्।

यति हुँदा पनि विद्यालयहरू जीवित छन्। बाध्यताले नै सही, त्यहाँ विद्यार्थीहरू पढ्नसिक्न जान्छन्। शिक्षकहरू पढाउँदै सिकाउँदै छन्। समय जति नै आधुनिक–अत्याधुनिक हुँदै गए पनि किताब पढ्ने कुरा घट्न नहुने हो तर घटेको छ। घटे पनि समाप्तै भएको छैन र हुने पनि छैन।

बालपत्रिकाहरू प्रकाशित हुन छाडेको कुरा माथि नै गरियो। यो सबैलाई थाहै छ। प्रकाशित हुने कतिपय बालपत्रिका पनि अनलाइनमा रूपान्तरण भएका होलान्। पुरानोमा, गोरखापत्र संस्थानबाट निस्कने एउटा मुनाचाहिँ बाँकी रहेको छ। देशभरमा निस्कने यति एउटा बालपत्रिकाले हाम्रा बालबालिकालाई कसरी पुग्छ?

सोखको कुरा, यो पत्रिका हरेक महिना कम्तीमा डेढदर्जन किनेर जिज्ञासु विद्यार्थीहरूलाई बाँड्न थालेको पनि धेरै भयो। दुई वर्ष भयो–उपत्यकाका चर्चित विद्यालय वागीश्वरी मावि भक्तपुरमा ‘ड्युटी’ गर्ने अवसर पाएपछि ‘मुना’ पढ्न र पढाउन सजिलो भयो। यहाँका विद्यार्थीहरूलाई पनि ‘मुना’ बाँड्न थालें। यस क्रममा कतिपय विद्यार्थीहरूले सोधे, ‘सर, यसबाट परीक्षामा प्रश्न आउँछ कि आउँदैन?’ यस्तो प्रश्न उनीहरूले पत्रिका पढ्न मन नलागेर सोधेको पनि हुन सक्छ। साँच्चै थाहा नपाएर पनि हुन सक्छ। तिनै विद्यार्थीहरूले नाचगान कार्यक्रम र खेलकुदमा तँछाडमछाड गरी भाग लिँदा ‘सर, परीक्षामा नाच्नु/खेल्नुपर्छ कि पर्दैन?’ भनेरचाहिँ कहिल्यै सोधेका होइनन्।

बालपत्रिकाहरू प्रकाशित हुन छाडेको कुरा माथि नै गरियो। यो सबैलाई थाहै छ। प्रकाशित हुने कतिपय बालपत्रिका पनि अनलाइनमा रूपान्तरण भएका होलान्। पुरानोमा, गोरखापत्र संस्थानबाट निस्कने एउटा मुनाचाहिँ बाँकी रहेको छ। देशभरमा निस्कने यति एउटा बालपत्रिकाले हाम्रा बालबालिकालाई कसरी पुग्छ?

मलाई झट्ट उत्तर दिन गाह्रो भयो। बिस्तारै भनें, ‘परीक्षामा प्रश्न त आउँदैन तर पढ्नु राम्रो हुन्छ। तिमीहरूले पढ्ने बानीको विकास गर्नुपर्छ।’

बिस्तारै विद्यार्थीहरू मुनामा रमाउन थाले। अहिले यहाँका एकसय हाराहारी विद्यार्थीले मुना किनेर पढ्छन्। यसमा छिमेकी विद्यालयहरू पनि थपिएका छन्। अझै बढ्दै छन्। मुनाले हाम्रा विद्यार्थीका रचनालाई पनि स्थान दिने गरेको छ। अन्य पत्रिका नभएपछि, बालबजारमा एक किसिमले मुनाको एकाधिकार कायम रहेको छ। नेपाल प्रज्ञा प्रतिष्ठानबाट अर्धवार्षिक रूपमा ‘बालप्रज्ञा’ पत्रिका पनि निस्कने गरेको थाहा पाइएको छ तर त्यो बजारमा देखिँदैन।

हरेक बालबालिकाको रुचि आफ्नो ठाउँमा होला तर तिनीहरूलाई असल बानी सिकाउनु छ, असल कुरा सिकाउनु छ, असल बाटोमा हिँडाउनु छ। यसका लागि तिनीहरूको स्वाभाविक रुचिमा हस्तक्षेप गरेर भए पनि सानैदेखि पढ्ने बानीको विकास गर्नुपर्ने देखिन्छ।

वस्तुको महत्व बुझाउनका लागि हाम्रा धार्मिक ग्रन्थहरूले तिनलाई धर्मसँग जोडे। गर्नुपर्ने कामलाई धर्मसँग जोडे। गर्न नहुने कामलाई पापसँग जोडे। तुलसीको पूजा गर्‍यो भने धर्म हुन्छ नभनेको भए, हामी तुलसीबाट प्राप्त हुने फाइदाबाट वञ्चित हुन्थ्यौं होला। पानीको मूलमा दिसापिसाब गर्दा त्यो व्यक्ति रोगी हुन्छ नभनेको भए धेरै मान्छे रोगी हुन्थे होलान्। ‘यो पत्रिका पढ !’ भन्दा, हाम्रा बालबालिकाबाट आउन सक्ने, ‘यसबाट परीक्षामा प्रश्न आउँछ कि आउँदैन ?’ भन्नेखालका प्रश्नको प्रभावकारी उत्तर दिनका लागि हामीले तिनै धार्मिक प्रसङ्गहरू सम्झनुपर्ने भएको छ।

हरेक बालबालिकाको रुचि आफ्नो ठाउँमा होला तर तिनीहरूलाई असल बानी सिकाउनु छ, असल कुरा सिकाउनु छ, असल बाटोमा हिँडाउनु छ। यसका लागि तिनीहरूको स्वाभाविक रुचिमा हस्तक्षेप गरेर भए पनि सानैदेखि पढ्ने बानीको विकास गर्नुपर्ने देखिन्छ।

पढ्नका लागि पढिरहेका छन्–यो छुट्टै कुरा हो। थोरै प्रयास गर्ने हो भने हाम्रा बालबालिकामा पठन संस्कृतिको विकास गर्न नसकिने होइन। हाम्रो स्थानीय सरकार शक्तिशाली छ। उसले चाहेमा थुप्रै राम्रा काम गर्न सक्छ। विद्यालय भवन बनाउने, मर्मत गर्ने, आइसिटीको व्यवस्था गर्ने कुराहरू नराम्रा होइनन्। तर यी बाहिरी सुधार हुन्। भित्री सुधारको एउटा पाटो, विद्यार्थीमा पठन संस्कृतिको विकास गर्नका लागि तिनका रचनाले मञ्च पाउने व्यवस्था गर्नु पनि हुन सक्छ।

जनक बालपत्रिका

गाउँपालिका/नगरपालिकाले चाहिने नचाहिने, पढिने नपढिने अनेक बुलेटिन निकाल्छन्। तिनले के महसुस गर्नुपर्‍यो भने, ‘त्यस्ता बुलेटिनको भन्दा बढी महत्व एउटा बालपत्रिकाको हुन्छ।’

हरेक विद्यालयमा बालसाहित्यका पुस्तकहरू हुनुपर्‍यो। भएर मात्र भएन, ती पढ्न लगाउनुपर्‍यो। परियोजना कार्यका लागि बालपत्रिका र बालसाहित्यका पुस्तकहरूको उपयोग गरिनुपर्‍यो।

गाउँपालिका/नगरपालिकाले चाहिने नचाहिने, पढिने नपढिने अनेक बुलेटिन निकाल्छन्। तिनले के महसुस गर्नुपर्‍यो भने, ‘त्यस्ता बुलेटिनको भन्दा बढी महत्व एउटा बालपत्रिकाको हुन्छ।’

यसरी बालबालिकालाई पढ्न वाध्य बनाउने गरी व्यस्त राख्न सकियो भने उनीहरूलाई मोबाइलको कुलतबाट पनि टाढा राख्न सहयोग पुग्ने देखिन्छ। विद्यालय विद्यालयबीच सहकार्य हुने हो भने एउटा बालपत्रिका जिल्ला जिल्ला अनि सहरसहरबाटै निकाल्न नसकिने होइन। सहयोगका लागि गाउँ शिक्षा, नगर शिक्षा, शिक्षा विकास तथा समन्वय एकाइजस्ता निकायहरू छन्। यो कुरा उठाएर संयोजनकारी भूमिका समेत तिनै निकायले निर्वाह गरे अझ राम्रो हुने हो।

यस सन्दर्भमा कुरो गर्दा हामीले भक्तपुर नगरपालिकालाई सम्झनैपर्ने हुन्छ। देशकै उत्कृष्ट नगरपालिकाका रूपमा परिचित भक्तपुर नगरपालिकामा पठन संस्कृति विकास गर्ने प्रयास पनि भइआएको छ। दुई वर्ष हुन लाग्यो, यहाँको बुक क्लबले हरेक महिना कोही लेखक/अध्येतालाई बोलाएर पठनलेखनका विषयमा छलफल/प्रवचन कार्यक्रम चलाउने गरेको छ। यो निश्चय नै अनुकरणीय र प्रशंसनीय काम हो। सँगसँगै, मासिकरूपमा एउटा बालपत्रिका प्रकाशन गर्ने कामको थालनी पनि उक्त क्लबले नै गर्न सके अझ राम्रो हुन्थ्यो। कुराचाहिँ भइरहेकै छ।

हरेक विद्यालयमा बालसाहित्यका पुस्तकहरू हुनुपर्‍यो। भएर मात्र भएन, ती पढ्न लगाउनुपर्‍यो। परियोजना कार्यका लागि बालपत्रिका र बालसाहित्यका पुस्तकहरूको उपयोग गरिनुपर्‍यो।

एउटा विद्यालय भनेको विद्यार्थीमा निहित विशेष प्रतिभा देखाउने थलो पनि हो। त्यो प्रतिभा झाँगिएर पछि त्यसले विस्तृत आयाम ओगट्न पनि सक्छ। त्यहाँ खेलका रुचि भएकाले खेल्न पाउँछन्, नाच्न रुचि भएकाले नाच्न पाउँछन्, गाउन रुचि भएकाले गाउन पाउँछन्, बजाउन रुचि भएकाले बजाउन पाउँछन्, अभिनयमा रुचि भएकाले अभिनय गर्न पाउँछन्।

कविता रचना गर्ने रुचि राख्नेले कविता सुनाउन पनि पाउँछन् तर कविताको सार्थकता सुनाउनमा भन्दा पनि छापिनमा हुन्छ। छाप्नका लागि प्रशस्त मात्रामा पत्रिका निस्कनुपर्‍यो। यद्यपि, पत्रिकाहरू भने बन्द भएका छन्। यसतर्फ सम्बन्धित सबैले आँखा खोल्ने बेला आएको छ।  

प्रकाशित: ९ असार २०८० ०१:३३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App