मनिषा गौचनको कथासङ्ग्रह ‘प्रतिवहन’ समाजभित्रकै भएर पनि छोपिएका कथाहरूको सँगालो हो। कथामा वर्णित घटना हामीले देखेसुनेकै भएर पनि कथा पढ्दा अनौठा र नयाँजस्तो लाग्छ। सामाजिक मर्यादा, मूल्य मान्यता र सामूहिक सोचका कारण समाजमा कतिपय प्रवृत्ति, घटना, मनोविज्ञान, यथार्थ र सर्वविदित भएर पनि लुकाउन खोजिन्छ। ती कुराले समाजलाई विकृत बनाउँछ–बनाउँदैन, पक्ष–विपक्षमा निरन्तर बहस भइरहकै हुन्छ। तर, समाजको एउटा कुनामा यस्ता कुरा अविछिन्न चलिरहेकै हुन्छ। यस्ता लुकाइएका कथाहरू समाजलाई भन्न भने साहित्यकारहरूको खाँचो पर्छ। ‘प्रतिवहन’ का कथा पढ्दा मनिषा गौचनले त्यसरी हाम्रो समाजकै अन्तरकुन्तरमा लुकेका कथालाई उजागर गरेको देखिन्छ। समाजका ती पक्षलाई जति लुकाइयो, त्यति नै तिनले समस्याको रूप लिने गर्छ।
‘कम्तीमा उसकी स्वास्नी भएर बाँच्नाले यो समाजमा सम्मान पाएकी छु, सुरक्षा पाएकी छु। यदि उसकी स्वास्नी रहिनँ भने यो समाजले मलाई अनेक लाञ्छना लगाउनेछ। दुनियाँले यी नानीका बाबु खोज्नेछ र यो चुरापोते भएन भने अनेक लोग्ने मान्छेहरू गिज्जिनेछन्,’ चिया पसलकी साहुनी भन्छिन्।
कथासङ्ग्रहभित्र ‘प्रतिवहन’ शीर्षकको कुनै कथा छैन। ‘प्रतिवहन’को शाब्दिक अर्थ विपरीत दिशाबाट बग्ने काम हुन्छ। प्रतिवहनका कथा पढ्दा मनिषा वास्तवमै उल्टो दिशातिर लेख्दै गरेको देखिन्छ। सामान्यतः साहित्यकारले कलम नचलाउने विषयमा कथा लेखेर सामाजिक मूल्य मान्यताको मापनमा ‘खराब र विकृति देख्ने पक्षलाई उनले फरक कोण दिन खोजेकीले कृतिको नामकरण पनि ‘प्रतिवहन’ गरिएको हुन सक्छ।
कथासङ्ग्रहमा सङ्गृहीत सबैजसो कथाको केन्द्रमा महिला छन्। अधिकांश कथा महिला पात्रले कथेका छन्। यद्यपि, सङ्गृहीत सबै कथालाई महिलावादको सैद्धान्तिक तराजुमा तौलिन भने सकिन्न। महिला मूल पात्र र महिलाले कथेको हुँदैमा सबै कथा महिलावादी नहुन सक्छन्। तथापि, ‘प्रतिवहन’का कथाहरू पढ्दा गौचन मूलतः महिलावादी लेखक भएको निष्कर्षमा पुग्न भने गाह्रो छैन। उनले ठुला महलभित्र बस्ने महिलादेखि झुपडीमा जीवन धानिरहेका महिलासम्मका कथा लेखेकी छिन्। सामाजिक मूल्यलाई आदर्श मानेकी महिलादेखि त्यस्ता सबै पर्खाल भत्काउन उद्दत महिलाका कथा लेखेकी छिन्। यौन उत्पीडन भोगेकी महिलादेखि अपुरो सन्तान सुखले पिरोलिएका महिलाका कथा भनेकी छिन्।
समाजमा अझै पनि यौन हिंसा मुख्यतः महिलामाथि नै हुने गरेको देखिन्छ। ‘प्रतिवहन’का केही महिला पात्र यति शक्तिशाली छन्, तिनले गरेका पुरुषमाथिको यौन शोषणले पुरानो सोचमा धक्का दिने सामथ्र्य राख्छन्।
उनका कथाका पात्र कतिबेला अनौठा लाग्छन्। समाजको आदर्श बस्तीमा बस्ने पाठकका निम्ति त्यस्ता पात्र र घटना अस्वाभाविक र काल्पनिकसमेत लाग्न सक्छन्। ‘प्रतिवहन’ भित्रको कथा ‘क्याप्सुल’की डा. चन्दना, ‘बेबी सावर’को रजत, ‘क्याफे स्टुडियो’को युवक, ‘प्रत्याघात’को अङ्कल त्यस्ता पात्र हुन् जो हाम्रो समाजभित्र रहेर पनि लुकेर वा लुकाइएका छन्। ती पात्रलाई बुझ्ने दृष्टिकोणमा अन्तर हुन सक्छ। आफ्नो पतिको प्रताडना सहन नसकेकी डा. चन्दनाले ‘मोटिभेस्नर स्पिकर’ बनेर नवयुवकहरूलाई आफ्नो यौन चाहना पूरा गर्न प्रयोग गरिरहनुलाई विद्रोहका रूपमा बुझ्ने दृष्टिकोण पनि आज हाम्रो समाजमा छ।
‘दोबिल्ला’ कथाकी चिया पसलेले पतिबाट जतिसुकै पीडा भोग्नुपरे पनि सामाजिक सुरक्षाका लागि उनकै नामको सिन्दुर लगाउनुलाई व्याख्या गर्ने कोण पनि फरक फरक छन्। ‘कम्तीमा उसकी स्वास्नी भएर बाँच्नाले यो समाजमा सम्मान पाएकी छु, सुरक्षा पाएकी छु। यदि उसकी स्वास्नी रहिनँ भने यो समाजले मलाई अनेक लाञ्छना लगाउने छ। दुनियाँले यी नानीका बाबु खोज्नेछ र यो चुरापोते भएन भने अनेक लोग्ने मान्छेहरू गिज्जिने छन्,’ चिया पसलकी साहुनी भन्छिन्। विवाहलाई जस्तोसुकै परिस्थितिमा पनि तोड्न नहुने बन्धनका रूपमा बोक्ने मूल्यको अभिव्यक्ति हो यो। तर ‘तिर्खा’ कथामा अम्बिकाले भने विवाह संस्थाको मजाक उडाएकी छिन्। उनले विवाहलाई भौतिक सुखसँग मात्र जोड्न खोजेकी छैनन्। त्यसकारण उनी पूर्वप्रेमीप्रति अझै आकर्षित भइरहन्छिन्।
कथासङ्ग्रहका केही कथा समीक्षक राजकुमार बानियाँकै शब्दमा ‘मथिङ्गल नै झनझनाउने’ खालका छन्। ‘कुमारीत्व’, ‘बेबी सावर’ जस्ता कथाको अन्तिम वाक्यले पाठकलाई विस्मित बनाउँछ।
‘दोबिल्ला’ कथाकी चिया पसलेले पतिबाट जतिसुकै पीडा भोग्नुपरे पनि सामाजिक सुरक्षाका लागि उनकै नामको सिन्दुर लगाउनुलाई व्याख्या गर्ने कोण पनि फरक फरक छन्।
कुमारीत्व बिक्रीमा राखेकी अल्पिनाले आफ्नै बुबालाई ग्राहकका रूपमा भेट्नु आज काल्पनिकी मात्र होइन। ‘शिरिश्माको सल’ वैदेशिक रोजगारीमा जाने नेपालीहरूको सङ्ख्या बढेसँगै नेपालका गाउँगाउँले भोग्दै गरेको हिजोभन्दा फरक यथार्थको चित्रण हो। श्रीमान् वा श्रीमती वैदेशिक रोजगारीमा हुँदा गैरवैवाहिक सम्बन्धका घटनाले नेपाली समाजले झेल्नुपरेको यौन विकृतिलाई अब थप लुकाउन सकिन्न। गन्हाउने फोहोरलाई राम्रो कार्पेटले छोप्दैमा गन्हाउन छोड्ने होइन। आज यस्ता सामाजिक यथार्थबारे थप कथा लेखिन आवश्यक छ।
मनिषा गौचन सामान्यतः कमै लेखकले लेख्ने गरेका विषयमा कलम चलाउँछिन्। दृष्टिविहीनहरूको विषयमा कमै मात्र साहित्यकारहरू लेख्छन्। समाजमा शारीरिक रूपमा असहज जीवन बाँचिरहेका मानिसका कथा नलेखिए उनीहरूप्रति सामाजिक सहिष्णुता कमजोर बन्छ। ‘ह्वाइट केन’ उपन्यास त्यही भावनाबाट अभिप्रेरित थियो।
कथासङ्ग्रहका केही कथा समीक्षक राजकुमार बानियाँकै शब्दमा ‘मथिङ्गल नै झनझनाउने’ खालका छन्। ‘कुमारीत्व’, ‘बेबी सावर’ जस्ता कथाको अन्तिम वाक्यले पाठकलाई विस्मित बनाउँछ।
‘प्रतिवहन’ कथासङ्ग्रहमा केही त्यस्ता कथा छन् जसले शारीरिक अपाङ्गता भोगिरहेका पात्रका भावना र अवस्था प्रकाशित गरेका छन्। शारीरिक रूपमा अपाङ्ग छोरीहरूको सुरक्षाको विषय सामान्यतः चर्चा गरिने वा लेखिने विषय होइन। मनिषा गौचनको संवेदनशील कलमले समाजमा उपेक्षित यस्ता विषयमा कथा लेखेकी छिन्। त्यति मात्र होइन, उनका केही कथा मानिसले मानिसप्रति दर्शाउने सद्भावमा मात्र सीमित छैन। बरु कुकुरजस्तो आदिम कालदेखि मानिससँगै रहेको जनावरप्रतिको सद्भाव जगाउने कथा पनि लेखेकी छिन्।
यौन शोषण र उत्पीडनका विषयमा साहित्य लेखिँदा सामान्यतः महिलालाई अन्याय भएको कोणबाट धेरै लेखिए। तथ्याङ्क हेर्दा समाजमा अझै पनि यौन हिंसा मुख्यतः महिलामाथि नै हुने गरेको देखिन्छ। यद्यपि आजको सामाजिक यथार्थ त्यो कोणको विश्लेषणले मात्र पूर्ण हुने देखिँदैन। पुरुष आफैं पनि यौन शोषणको सिकार भएका घटना आजको सामाजिक यथार्थ हो। ‘प्रतिवहन’ का कथाका केही महिला पात्र यति शक्तिशाली छन्, तिनले गरेका पुरुषमाथिको यौन शोषणले पुरानो सोचमा धक्का दिने सामर्थ्य राख्छन्।
‘ठुलो बुबा’ कथासङ्ग्रहमा समावेश अन्य कथाभन्दा भिन्न किसिमको प्रभावशाली कथा हो। ‘सनक’ चटपटे चलचित्रको कथाको भान दिने खालको कथा बनेको छ।
यौन शोषण र उत्पीडनका विषयमा साहित्य लेखिँदा सामान्यतः महिलालाई अन्याय भएको कोणबाट धेरै लेखिए। तथ्याङ्क हेर्दा समाजमा अझै पनि यौन हिंसा मुख्यतः महिलामाथि नै हुने गरेको देखिन्छ।
‘वल्लीको डायरी’ र ‘ह्वाइट केन’ उपन्यासपछि मनिषा गौचनको कथा कृतिका कथाका विशेषता हुँदाहुँदै पनि यसका केही कथाले समाजलाई साहित्यले गर्नुपर्ने हितभन्दा पनि अहित गर्ने पो हो कि भन्ने पिर दिलाउने खालका छन्। निःसन्देह मनिषा गौचनका पाठकहरूमा किशोरकिशोरी र युवायुवती पनि छन्। तिनले यी कथाहरू पढ्दा समाजलाई सकारात्मक र उत्साहप्रद कोणले भन्दा निराशा र हतास मानसिकताले हेरे यसले समाजलाई अझ नोक्सान गर्न सक्छ। आत्महत्याजस्ता विषयलाई साहित्य निषेध गर्न त सम्भव नहोला। तर, आत्महत्याको परिस्थिति चित्रणमा भने लेखक सजग हुन जरुरी छ।
‘वल्लीको डायरी’ र ‘ह्वाइट केन’ उपन्यासपछि मनिषा गौचनको कथा कृतिका कथाका विशेषता हुँदाहुँदै पनि यसका केही कथाले समाजलाई साहित्यले गर्नुपर्ने हितभन्दा पनि अहित गर्ने पो हो कि भन्ने पिर दिलाउने खालका छन्।
कथासङ्ग्रहका केही कथाको प्रवाहमा भने ज्यादै अलमल देखिन्छ। कतिपय कथा लेखनको सुरुवात र समाप्तिमा तालमेल नहुँदा लेखक गन्तव्यहीन यात्रामा पो निस्केका थिए कि भन्ने भान पर्छ।
प्रकाशित: २० जेष्ठ २०८० ०३:०५ शनिबार