१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

‘अनेक आयाममा क्रान्तियोद्धा प्रेमकृष्ण पाठक’ सार्वजनिक

प्रेमकृष्ण पाठकको जीवनीमा आधारित पुस्तक ‘अनेक आयाममा क्रान्तियोद्धा प्रेमकृष्ण पाठक’ शुक्रबार सार्वजनिक गरिएको छ।

राजनीति, कानुन, शिक्षणलगायतका विधामा सक्रिय पाठकको जीवनी, व्यक्तित्व र कृतित्वकेन्द्रित ६३ लेखहरूको सँगालोस्वरूपको प्रस्तुत पुस्तकलाई उपराष्ट्रपति रामसहायप्रसाद यादवले लोकार्पण गरेका हुन्।

पुस्तकको लोकार्पण गर्दै उपराष्ट्रपति यादवले पाठक कुशल लेखक, अधिवक्ता एवम् समाजसेवी रहेको बताउँदै सबैभन्दा बढी राष्ट्रप्रेमी नागरिक रहेको बताए। कार्यक्रममा बोल्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राईले स्वच्छ र स्वतन्त्र किसिमले सोच्ने देशभक्त व्यक्तिको जीवनीकृत पुस्तक प्रकाशन गरेर महत्वपूर्ण कार्य भएको बताए।

राईले भने, ‘ पाठकद्वारा रचना गरिएका सिर्जना पढ्दा उनी हामीसामु जीवितै भएको आभास हुन्छ।’ कार्यक्रममा स्वर्गीय पाठक एक्लैले देशका लागि ठुलो योगदान पुर्‍याएको सन्दर्भ वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले उठाएका थिए।  

प्रकाशित: ३० वैशाख २०८० ०२:३७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App