१३ आश्विन २०८१ आइतबार
image/svg+xml
कला

शुभ शर्माको शुभांशु लोकार्पण

हाम्रो लघुकथा पाठशाला (हाम्रो लघुकथा केन्द्र)ले कथाकार शुभ शर्माको लघुकथासंग्रह ’शुभांशु’ को लोकार्पण गरेको छ।

हाम्रो लघुकथा पाठशाला (हाम्रो लघुकथा केन्द्र) का उपाध्यक्ष डा. शेखरकुमार श्रेष्ठको अध्यक्षता र स्रष्टा समाज नेपालका अध्यक्ष श्रीओम श्रेष्ठ रोदनको प्रमुख आतिथ्यमा लघुकथासंग्रह ’शुभांशु’ को लोकार्पण गरिएको हाे।

कार्यक्रमका अध्यक्ष डा. शेखरकुमार श्रेष्ठ, प्रमुख अतिथि श्रीओम श्रेष्ठ रोदन,साहित्यककार ध्रुव मधिकर्मी, प्राडा कपिल लामिछाने, लघुकथा केन्द्रका अध्यक्ष लता केसी, स्रष्टा पिता झगलाल गैरे, नन्दकला बराल र कृतिकार शुभ शर्माले कृतिको लोकार्पण गरेका हुन्।

हाम्रो लघुकथा पाठशाला (हाम्रो लघुकथा केन्द्र)ले कथाकार शुभ शर्माको लघुकथासंग्रह ’शुभांशु’ को लोकार्पण गरेको छ।

संस्थाका सदस्य सत्या अधिकारीको स्वागत मन्तव्य र गंगा दाहाल न्यौपानेको स्वागत गीतबाट सुरु भएको कार्यक्रममा आयोजक संस्थाले जिल्ला प्रशासन कार्यालय, काठमाडौंमा हाम्रो लघुकथा पाठशालालाई हाम्रो लघुकथा केन्द्रकाे नाउँमा दर्ता गरेकाे जानकारी गराएको थियो।

कार्यक्रममा प्रमुख अतिथि तथा लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लोकार्पित कृतिका कथामा नेपाली समाजको यथार्थता चित्रण भएको बताए। उनले हाम्रो लघुकथा पाठशाला हाम्रो लघुकथा केन्द्रको रूपमा दर्ता भएकोमा शुभकामना पनि दिएका थिए।

विशिष्ट अतिथि ध्रुव मधिकर्मीले शुभांशु कृतिले शुभको साहित्यिक जीवन सुरुआत गरी अरू स्रष्टालाई पनि कृति प्रकाशनमा मार्गदर्शन गरेको बताए।

त्यस्तै अर्का विशिष्ट अतिथि प्राडा कपिल लामिछानेले शुभांशु लघुकथासंग्रह कास्कीका नारीमध्येकाेपहिलो लघुकथासंग्रह हुन सक्ने बताएका थिए।

कार्यक्रममा प्रमुख अतिथि तथा लघुकथा समाज नेपालका संस्थापक अध्यक्ष श्रीओम श्रेष्ठ रोदनले लोकार्पित कृतिका कथामा नेपाली समाजको यथार्थता चित्रण भएको बताए।

लोकार्पित कृतिका स्रष्टा शुभ शर्माले आफ्ना पिता झगलाल गैरेको पचहत्तरौं जन्म दिनको उपलक्ष्यमा उपहारस्वरूप उक्त कृतिको लोकार्पण गरेको बताइन्।

उक्त कार्यक्रममा चन्द्रप्रसाद न्यौपाने, एएनके गोतामे, मुकुन्द पौडेल, भरत आचार्य, मोहन कायस्थ, छन्द गायक शिव त्रिपाठी आदिले कृति सफलताको शुभकामना मन्तव्य दिएका थिए।

महाकाव्यकार अर्जुनकुमार न्यौपाने, रत्न विरही घिमिरे, शिव घिमिरे, शेखर अर्याल, मोहन कायस्थ, छन्द गायक शिव त्रिपाठी, गायत्री चापागाई, सिकारु राम, चिरञ्जीवी सिग्देल, मधुसूदन घिमिरे, गंगा पौडेल कर्माचार्य, मन्दिरा मधुश्री, एकता केसी, ओमकुमारी बन्जारा, रमेश सुवेदी लगायत छ दर्जन स्रष्टा तथा साहित्यिक अनुरागीको उपस्थिति थियो।

लोकार्पित कृतिका स्रष्टा शुभ शर्माले आफ्ना पिता झगलाल गैरेको पचहत्तरौं जन्म दिनको उपलक्ष्यमा उपहारस्वरूप उक्त कृतिको लोकार्पण गरेको बताइन्।

संस्थाका सहसचिव विमुन्स पौडेलले चलाएकाे कार्यक्रममा सबै अतिथि वक्ताले हाम्रो लघुकथा केन्द्र दर्ता भएकोमा बधाई ज्ञापन गरेका थिए।

बार्दली,लघुकथा कुनो, आधुनिक नेपाली लघुकथा, हाम्रो लघुकथा पाठशाला, नमस्ते आधुनिक लघुकथा मंच, लघुकथा सौन्दर्य, सिक्किमेली लघुकथा समाज, लघुकथा संसार, लघुकथा डबली, हाम्रो लघुकथा संसार, लघुकथा प्रतिष्ठान जस्ता फेसबुक लघुकथा पेजमा हाम्रो लघुकथा पाठशाला र नमस्ते आधुनिक लघुकथा मंच दर्ता गरिएका संस्था हुन्।

लता केसीको अध्यक्षतामा दर्ता भएको हाम्रो लघुकथा केन्द्रमा उपाध्यक्ष डा. शेखरकुमार श्रेष्ठ, सचिव रामराजा केसी, सहसचिव मिना पौडेल, कोषाध्यक्ष सत्या अधिकारी लगायत निर्मला बराल, मदन पोखरेल, वन्दना घिमिरे, दामोदर अधिकारी, मिसु श्रेष्ठ थपलिया र गंगा दाहाल न्यौपाने सदस्य रहेका छन्।

प्रकाशित: १५ वैशाख २०८० ०७:०४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App