१२ श्रावण २०८१ शनिबार
image/svg+xml
कला

प्रेमीको तस्वीर राख्दै एलिनाले लेखिन्: तिमीसँग रहनुले मलाई जिवित राख्छ

गायिका एलिना चौहानले आफ्नो प्रेमलाई सार्वजनिक गरेकी छिन्। आइतबार इन्टाग्राममा प्रेमी विष्णु सापकोटासँगको तस्वीर सेयर गर्दै उनले आफू अफेयरमा रहेको हुन सक्ने संकेत गरेकी हुन्।

विष्णुसंगको  तस्वीर सेयर गर्दै उनले लेखेकी छिन्, ‘तिम्रो बारेमा सोच्दा म जागा रहन्छु। तिम्रो सपना देख्दा म निदाएको निदायै हुन्छु। तिमीसँग रहनुले मलाई जिवित राख्छ।’

केहि समयअघि देखि एलिनाले टिकटकमा लगातार विष्णुसंगको  भिडियो पोस्ट गरेपछि मिडियामा यी दुईको अफेयर रहेको हल्ला चलेको थियो। अहिले एलिनाले सार्वजनिक रुपमा पोष्ट गरेसंगै झनै यी दुईजना प्रेम सम्बन्धमा छन् भन्ने चर्चालाई बढ्वा दिएको छ।

उनको उक्त पोस्टमा फ्यानले बधाई दिइरहेका छन्। गीतकार समेत रहेका सापकोटाले एलिनासँग मिलेर ‘बाजा तालमा’ बोलको गीत ल्याएका छन्। एलिनाले हालै अष्ट्रेलियाको सांगीतिक भ्रमण गरेकी थिइन्।

प्रकाशित: ५ चैत्र २०७९ ११:५४ आइतबार

एलिना चौहान विष्णु सापकोटा