२९ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

महाशिवरात्रि व्रतको वैज्ञानिकता

ग्रह र देवीदेवताअनुसार व्रत-उपवास गर्ने परम्परा सनातन कालदेखि नै चलिआएको छ। यसलाई वर्तमान आधुनिक शरीर विज्ञानले धेरै उपयोगी र कल्याणकारी साबित गरिसकेको छ।

कपूर्रगौरं करुणावतारं संसारसारं भुजगेंद्रहारं

सदा वसंत ह्दयाविंदे भवं भवानी सहितं नमामि

हाम्रो जीवनमा कुनै पनि आकस्मिक समस्या आएका बेला शिवलिंगको अगाडि बसेर उपर्युल्लिखित मन्त्रलाई ११ पटक जप गरेर जल अर्पण ग¥यो भने तत्काल समस्या समाधान हुन्छ।

भगवान् ब्रह्मा सृष्टिका रचयिता, भगवान् विष्णु पालनकर्ता र भगवान् शिव संहारकर्ता हुन्। भगवान् शिवका १०८ वटा नाम छन्। यीमध्ये तीनवटा नाम धेरै महŒवपूर्ण छन्-जसरी देवहरूका देव महादेव, औघडदानी र भोलेनाथ।

सनातन हिन्दु धर्म र संस्कृति पूर्णतः ठोस ज्ञानमा आधारित छ। ग्रह र देवीदेवताअनुसार व्रत–उपवास गर्ने परम्परा सनातन कालदेखि नै चलिआएको छ। यसलाई वर्तमान आधुनिक शरीर विज्ञानले धेरै उपयोगी र कल्याणकारी साबित गरिसकेको छ। हामी सबै भगवान् शिवका अंश छौं र उनी हाम्रा संरक्षक हुन्। यो आत्मबोध गर्नका लागि पनि महाशिवरात्रिको दिन उपवास र ध्यान गर्न धेरै शुभ र सहयोगी हुन्छ।

हुन त वर्षभरि नै थुप्रै चाडपर्व आइरहेका हुन्छन्। सबैभन्दा महŒवपूर्ण चाड हो– महाशिवरात्रि। पुराना र नयाँ दुवै साधक र भक्तहरूलाई आफ्नो आन्तरिक शक्ति बढाउन, सन्तुलन गर्न र रिचार्जका लागि यो दिन धेरै उपयुक्त हुन्छ।

भगवान् शिवको पूजा उपासना गर्नका लागि हरेक दिन शुभ र कल्याणकारी छ तर साउन महिना, यस महिनामा पर्ने शिवरात्रि, प्रत्येक सोमबार, सबै शिवरात्रि र महाशिवरात्रिको विशेष महŒव हुन्छ। शिवरात्रि हरेक मासको कृष्णपक्षको चर्तुदशीको दिन हुन्छ तथा महाशिवरात्रि फागुन महिनाको कृष्णपक्षको चतुदर्शीका दिन पर्ने गर्छ। भगवान् शिवको कृपा प्राप्तिका लागि यो सर्वश्रेष्ठ दिन हो। यो सबै शुभ मुहुर्तमा भक्तहरू शिवलिंगमाथि जलाभिषेक गर्छन्।

व्रत र साधना गर्ने साधकहरूका लागि चार प्रहरको पूजा गर्न अनिवार्य हुन्छ। यसका साथ यस मन्त्रको जप गर्न अनिवार्य छ।

ज्योतिर्मात्रस्वरूपाय निर्मलज्ञानचक्षुषे

नमः शिवाय शान्ताय ब्रह्माणे लिंगमूर्तये

सिद्ध योगीहरूका लागि परम तŒव प्राप्ति र प्रिय भक्तहरूका लागि त्याग, शक्ति र सत्यको बाटोमा हिँड्न प्रेरणा र दिव्य शक्ति प्रदान गर्ने दिन पनि हो यो। वर्षभरिमा बाह्रवटा शिवरात्रि हुन्छन्।

महाशिवरात्रि भगवान् शिवका लागि धेरै प्रिय दिन हो किनकि यसै दिन उनको विवाह भएको हो। पार्वतीको कठोर तपस्यापछि भगवान शिवमा पार्वतीलाई अर्धाङ्गिनीका रूपमा स्वीकार गरेका हुन्।

सृष्टिको प्रारम्भमा यसै रात्रि आधी रातमा भगवान् शिव आफ्नो निराकार स्वरूपबाट साकार रूपमा प्रवेश गरेका थिए। ईशान संहितामा यो पनि लेखिएको छ कि महाशिवरात्रिको रात्रि स्वच्छ भएर उपवास गर्ने र शुभ भावले १०८ पटक ‘ऊँ नमः शिवाय’ को जप गरेर दुवै हातमा रहेको बेलपत्र, चामल, सेता पूmल र जल शिवलिंगमाथि अर्पित गरेपछि समस्त पापको नास हुन्छ।

हुन त संसारभरका सबै शिवमन्दिरमा शिवरात्रिका दिन भक्तहरू आआफ्नो शक्ति, भक्ति र भावअनुसार पूजा अर्चना गर्छन्। तर बाह्रवटा ज्योर्तिलिंगमा विशेषरूपमा पूजा अर्चना हुन्छ। यी बाह्र स्थानको विशेष महŒव छ। यस ज्योर्तिलिंगहरूमा पूर्ण विधि विधानले पूजा अर्चना हुन्छ। जसरी महाशिवरात्रिका दिन शिवलिंगलाई प्रथम प्रहरमा गो दुग्ध, दोस्रो प्रहरमा दही, तेस्रो प्रहरमा घिउ र चौथो प्रहरमा मधुबाटअभिषेक हुन्छ।

व्रत गर्दा के खाने?

बिहान फलाहार मात्र लिने। रात्रिकालमा हलुवा, खिरजस्ता साŒिवक आहार लिने। नुन नखाने। ज्योतिष विज्ञानका अनुसार फागुन कृष्ण चतुदर्शी तिथिमा चन्द्रमाको सूर्यसँग मिलन हुन्छ। यसै बेला शिवपूजन गर्ने मानिसलाई मनोनुकूल फल प्राप्त हुन्छ।

वैज्ञानिक दृष्टिकोण

विज्ञानअनुसार महाशिवरात्रिका बेला धेरै महŒवपूर्ण र ऊर्जावान् समय रहन्छ। त्यो रात्रि मानवको आन्तरिक ऊर्जा प्राकृतिक रूपले नै माथितिर प्रवाहित हुन थाल्छ। प्रकृतिले मानिसलाई आध्यात्मिक शिखरसम्म पु¥याउनका लागि सहयोग गरेको हुन्छ। यस कारणले प्राचीनकालदेखि नै साधकहरू महाशिवरात्रिमा विभिन्न प्रकारका साधना गर्छन्।  महाशिवरात्रिको राति किन सुत्नु हुदैन?

पूरै वर्षमा धेरैवटा महामुहूर्त छन् तर महाशिवरात्रि सबैभन्दा शक्तिशाली छ। यस रात्रिमा मानवीय शरीरको तन्त्रिका तन्त्रबाट चक्र र ऊर्जाको तीव्रता प्रवाह हुन्छ। यसको सन्तुलन बनाउनका लागि ढाडको हाड सिधा हुनुपर्छ। सुतेपछि यस्तो हुँदैन। यसैले जागृत अवस्थामा ध्यान, जप, साधना गर्न राम्रो हुन्छ।

शिव पूजनमा के के अर्पण गर्न सकिन्छ?

बेलपत्र, भाँग, गंगाजल, चन्दन, काँचो दुध, खिर, सेतो मिठाइँ, दही, घिउ, मह इत्यादि।  त्यस दिन सकेसम्म कम बोल्ने। मनको भाव शुद्ध राख्ने। सेतो वस्त्र धारण गरेर दिन भरि ‘ऊँ नमः शिवाय’ को जप गर्ने। बेलुकातिर शुभ मुर्हूतमा शिवलिंगको अभिषेक गर्ने। त्यसपछि १०८ पटक महामृत्युञ्जय मन्त्रको जप गरेर ध्यानमा बस्ने।

ध्यानविधि

चौबीस घण्टाको दुईवटा समय धेरै महŒवपूर्ण छ– सुत्नुभन्दा पहिला र उठेपछि। यसकारण हामी सबै बिहान र बेलुका दुईपटक ध्यान साधना गर्नुपर्छ। ध्यान सूत्रका जन्मदाता भगवान् शिव हुन्। विश्वको सबैभन्दा पुरानो ध्यानका बारेको पुस्तक विज्ञान भैरवतन्त्र हो। यस प्राचीन पुस्तकमा ११२ ध्यानको विधि छन्। यसै पुस्तकबाट लिइएको एउटा ध्यान विधिको उल्लेख गरेको छु:

यो क्रिया प्रातःकाल नित्यक्रियाबाट निवृत भएर पदमासन वा सुखासनमा बसेर गर्नुपर्छ। दुवै हत्केलाका औंला एक अर्कामा टाँसेर, शरीर शिथिल बनाएर तथा आँखा बन्द गरेर बस्ने। त्यसपछि जिब्रोलाई तालुमा टाँसेर सारा ध्यान जिब्राको अग्रभागमा लगाउनुपर्छ। यसबेला लामो र गहिरो सास लगातार १५ मिनेटसम्म लिने र छोड्ने गर्नुपर्छ।  

प्रकाशित: ६ फाल्गुन २०७९ ०१:४० शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App