२८ चैत्र २०८१ बिहीबार
image/svg+xml १६:५२ अपराह्न
अर्थ

नेप्सेमा एकल अङ्कको वृद्धि, बढ्यो कारोबार रकम

साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक ३.३५ अङ्क बढेर २७०३.३९ विन्दुमा बन्द भएको छ।

अघिल्लो दिनको वृद्धिको निरन्तरतास्वरूप बजारले सकारात्मक सङ्केत देखाएको छ। कारोबार रकम पनि बढेर ७ अर्ब ८४ करोड ४६ लाख ४२ हजार पुगेको छ। जुन अघिल्लो दिनको ५ अर्ब ५० करोडको तुलनामा उल्लेख्य हो।

यस दिन ३२४ स्टकको ६९,०८९ पटकको कारोबारमा १ करोड ५५ लाख २ हजार कित्ता सेयर किनबेच भएको छ।

सेन्सेटिभ इन्डेक्स २.३० अङ्क, फ्लोट इन्डेक्स ०.५२ अङ्क र सेन्सेटिभ फ्लोट इन्डेक्स ०.९८ अङ्क बढेको छ।

ग्रीन भेन्चर्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भई ४५.८८ रुपैयाँ बढेर ५०५.२० रुपैयाँमा बन्द भएको छ।

सुपर मादी हाइड्रोपावरको सेयरमूल्य ७ प्रतिशत र राधी विद्युत् कम्पनीको ५ प्रतिशतले वृद्धि भएको छ। तर, उपकार लघुवित्तको सेयरमूल्य सर्वाधिक ७.८५ प्रतिशत घटेको छ।

कारोबार रकममा हिमालयन रि इन्स्योरेन्स शीर्ष स्थानमा रह्यो, जसको ७२ करोड ३२ लाखको सेयर किनबेच भयो।

नेपाल पुनर्बीमा कम्पनीको ५६ करोड र एनआरएन इन्फ्रास्ट्रक्चरको ४३ करोडको कारोबार भएको छ। १३ उपसमूहमध्ये ४ को परिसूचक बढ्दा ९ को घटेको छ।

अन्य उपसमूह १.४५ प्रतिशत र बैंकिङ १ प्रतिशतले बढे भने व्यापार उपसमूह १.६६ प्रतिशत र वित्त उपसमूह १.५ प्रतिशतले ओरालो लागे।

प्रकाशित: २१ चैत्र २०८१ १७:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App