मानसिक सन्तुलन गुमाएका मध्यपुरथिमि नगरपालिका–३ तेर्चाटारका २७ वर्षीय प्रवीण भण्डारीले गएराति आफ्नी आमाको हत्या गरेका छन्।
जिल्ला प्रहरी परिसरका प्रमुख सूर्यबहादर खड्काका अनुसार धारिलो हतियार प्रयोग गरी निजले आफ्नी ५० वर्षीया आमा सरिताको हत्या गरेका हुन्। आमाको हत्यापछि उनले आत्महत्याको प्रयास समेत गरेका थिए। टाउकोमा गम्भीर चोट लागेका निजको भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचार भइरहेको छ।
धनुषाको मिथिला नगरपालिका–११ का स्थायी बासिन्दा भण्डारी र निजका मातापिता तेर्सेटारमा डेरा गरी बस्दै आएका थिए। घटनाका बारेमा बाबुले राति १० बजे जानकारी दिएका हुन्। रासस
प्रकाशित: ३ माघ २०८२ १२:५८ शनिबार





