२४ फाल्गुन २०८२ आइतबार
image/svg+xml
राजनीति

रास्वपाबाट गोरखा-१ मा शिशिर बन्जाराको उम्मेदवारी घोषणा

आगामी फागुन २१ गते हुने निर्वाचनका लागि गोरखा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट शिशिर बन्जाराले प्रत्यक्ष उम्मेदवारी दिने घोषणा गरेका छन्।

वैकल्पिक राजनीतिमा विवेकशील साझाबाट सक्रिय रहेका बन्जाराले पार्टी समायोजनपछि रास्वपाबाट उम्मेदवारी दिने निर्णय गरेका हुन्। सुरु गरेका उनी करिब एक दशकदेखि सक्रिय राजनीति गर्दै आएका छन्।

जेन–जी आन्दोलनपछि बदलिएको राजनीतिक परिस्थितिपछि बन्जाराले जिम्मेवार, पारदर्शी र परिणाममुखी राजनीतिक अभ्यासको आवश्यकता रहेको बताए। राजनीतिक शास्त्रमा स्नाकोत्तर अध्ययन पूरा गरेका उनले व्यावहारिक अनुभवलाई नीति निर्माणसँग जोडेर काम गर्ने बताएका छन्।

‘चीन, भारत, भुटान, संयुक्त अरब इमिरेट्स (यूएई), सिंगापुरलगायत देशहरू तथा केही अफ्रिकी मुलुकहरूको भ्रमणका क्रममा त्यहाँका विकास मोडेल, शासन प्रणाली र सार्वजनिक सेवा प्रवाह नजिकबाट अवलोकन गरेको छु। ती अभ्यासहरू नेपालमा पनि व्यावहारिक रूपमा लागू गर्न सकिन्छ भन्ने विश्वासका साथ प्रत्यक्ष उम्मेदवारी दिने निर्णय गरेको हुँ,’ उनले भने।

साथै भावनामा आधारित नभई तथ्य र अनुसन्धानमा आधारित राजनीति गर्ने उनको भनाइ छ।  

राजनीतिसँगै उद्यमशीलता र पर्यटन क्षेत्रमा पनि सक्रिय रहेका बन्जाराले निजी क्षेत्रको अनुभवलाई सार्वजनिक नीतिसँग जोड्दै स्थानीय रोजगारी सिर्जना, युवाको सशक्तीकरण र स्थानीय अर्थतन्त्र मजबुत बनाउने बताएका छन्।  

गोरखा जिल्लाका अधिकांश स्थानीय आवश्यकता र चुनौतीलाई नजिकबाट बुझेको कारण गोरखा–१ का नागरिकसँग प्रत्यक्ष संवाद, छलफल र सुझाव संकलनलाई प्राथमिकता दिएको बताएका छन्।

प्रकाशित: ३ माघ २०८२ १३:०३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App